Labels

Monday, July 15, 2013

चीनका याङ्ग जेइची र भारतका सलमान खर्ुर्सिद नेपालको उपलब्धी !

सुरेशकुमार यादव  
 काठमाडौ असार ३१ गते । समयमा बजेट जारी भएकाले मुलुकको आर्थिक विकासमा सकरात्मक प्रभाव पर्ने विश्वास सरकारले गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको नेतृत्वमा गठित सरकारद्वारा २०७० आषाढ महिनामा सम्पादित प्रमुख कामहरुको बारेमा जानकारी गराउन शनिवार रे जारी गरिएको १५ बुँदै विज्ञप्तिमा सो कुरा उल्लेख गरेको छ ।
विगतका सरकारहरुले समय बजेट नल्याएको कारणले मुलुकको समग्र विकासमा असर पारेको देखिएको थियो । वर्तमान सरकारका अर्थमन्त्री शंकर पौडेलले आइतवार आर्थिक वर्ष २०७०।७१ का लागि रु. ५ सय १७ अर्ब २४ करोडको वजेट, आर्थिक र्सर्वेक्षण, र्सार्वजनिक संस्थानहरुको प्रगति र मन्त्रालयगत प्रगति प्रतिवेदन र्सार्वजनिक गर्नुभएको थियो ।
राष्ट्रिय योजना आयोगले तयार गरेको र राष्ट्रिय विकास परिषद्बाट पारित भएको आउँदो तीन वर्षो
आवधिक योजनाको आधारपत्रलाई समेत सरकारले स्वीकृत गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । केन्द्रीय दैवी
प्रकोप उद्धार कोषमा विगतमा प्रतिवर्षपाँचकरोड राख्ने गरिएकोमा सो रकमलाई १० करोड पुर्‍याउने
सरकारले निर्ण्र्ाागरेको छ भने प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ४० करोड रुपियाँ पुर्‍याउने समेत
निर्ण्र्ाागरेको छ ।
त्यसैगरि लामो समयदेखि बन्द अवस्थामा रहेका जनकपुर चरोट कारखाना लिमिटेडमा कार्यरत
सातसय ५८ जना कर्मचारीलाई उपदान सहितको अवकाश दिई सम्पर्ूण्ा दायित्वबाट मुक्त गर्ने प्रकृया
सरकारले शुरु गरेको जानकारी गराउँदै लामो समयदेखि विना काम दायित्व वहन गरिरहेका कर्मचारीहरुलाई अवकास दिई पशु आहार उत्पादन विकास समिति समेत विघटन गरेको सरकारले जनाएको छ । सरकारले मन्त्रिपरिषद्बाट कमलरी मुक्ति घोषणा गर्ने र अभियानकै रुपमा त्यसको लागि कार्यक्रम संचालन गर्ने निर्ण्र्ाागरेको छ ।
बजेटले राष्ट्रसेवक कर्मचारीहरुको तलब १८ प्रतिशतले वृद्धि गरी थप एक हजार रुपैयाँ भत्ता दिने
निर्ण्र्ाासरकारले गरेको छ । त्यस्तै विवादास्पद रुपमा रहेका रोडा, ढुङ्गा, गिट्टी तथा बालुवाको उत्खनन्,
संकलन, आन्तरिक आपर्ूर्ति र निकासीका सम्बन्धमा सरकारले समुचित व्यवस्था मिलाउन प्रकृया शुरु
गरेको छ । लामो सयमदेखि अनिणिर्त अवस्थामा रहेको क्यासिनो सम्बन्धी नियमावली जारी गरी यसमा
नेपालीलाई क्यासिनो प्रवेशमा रोक लगाउनुका साथै सरकारलाई प्राप्त हुने राजश्वमा बृद्धि गरिएको
सरकारले विज्ञप्ति मार्फन जानकारी गराएको छ ।
माओवादी सेनाका लडाकुहरुले प्रयोग गरेका र समायोजनमा गइसकेपछि खाली रहेका शिविरहरु
उपयुक्त निकायहरुलाई प्रयोग गर्न दिने सरकारको मुख्य काममध्येका एक हुन् । निर्ण्र्ााभएको छ ।
मन्त्रिपरिषद् बैठकबाट महिला उद्यमशीलता विकास केन्द्र संचालन कार्यविधि, बाली तथा पशुधन बीमाको
प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधि, अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन
कार्यविधि र प्रविधि विकास कोष कार्यविधिहरु समेत पारित सरकारले गरेको छ  ।
त्यसैगरि केही दिन पहिले चीनका स्टेट काउन्सिलर याङ्ग जेइची र भारतका विदेशमन्त्री सलमान
खर्ुर्सिदद्धारा गरिएको नेपाल भ्रमणलाई पनि सरकारले आफ्नो प्रमुख कामको सुचीमा राखेको छ ।

No comments:

Post a Comment