Labels

Thursday, July 18, 2013

मधेशीले मानेन प्रचण्डको कुरा

सुरेशकुमार यादव
काठमाडौ साउन २ गते । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ ले आफ्नो सम्पूर्ण पदबाट राजिनामा दिनुभएका नेता डा.बाबुराम भट्राईलाई पार्टीको वरिष्ठ नेता बनाउने प्रस्तावको मधेश ब्यूरोले विरोध गरेको छ ।
    विस्तारित बैठकमा पेस गर्ने प्रतिवेदनबारे विभिन्न ब्यूरोहरुसँग गर्नु भएको छलफलमा बुधवार मधेश ब्यूरोले डा.भट्राईलाई वरिष्ठ नेता बनाउने प्रचण्डको प्रस्तावलाई इन्कार गरेको छ । मंगलवार अध्यक्ष प्रचण्ड निवासमा पूर्वस्थायी समिति, पूर्वपोलिटब्यूरो तथा राज्य समिति संयोजकहरुको सहभागितमा भएको बैठकमा अध्यक्ष प्रचण्डले डा.भट्टराईलाई पार्टीको वरिष्ठ नेता बनाउने प्रस्ताव गर्नुभएको थियो ।
    पेरिडाँडामा बुधवार भएको छलफलमा अध्यक्ष प्रचण्डले आफूले राखेको प्रस्तावको बारेमा कुरा राख्नु भएको थियो । बैठकमा सहभागि राष्ट्रिय मधेशी मुक्ति मोर्चाका अध्यक्ष रामकुमार शर्माले अध्यक्ष प्रचण्डको भनाईलाई उद्धृत गर्दै डा.भट्टराई सामान्य व्यक्ति होइन, पार्टी र देशका लागि योगदान दिएका व्यक्ति हुन्, अहिले पनि पार्टीमा उहाँको आवश्यकता छ त्यसले उहाँले वरिष्ठ नेता बनाए राम्रो हुनेछ ।’ चारजना पदाधिकारी राखेर अरु बाँकीलाई केन्द्रीय सदस्यको रुपमा राखेर कार्यविभाजन गरी चुनावमा जाने प्रस्ताव बारेमा मधेश ब्यूरोलाई जानकारी गराएको अध्यक्ष शर्माले बताउनुभयो ।
    अध्यक्ष प्रचण्डले आफ्नो प्रस्ताव बारे जानकारी गराई सकेपछि ब्यूरोका नेताहरुले डा.भटराईको राजिनामाले नेताहरुमा निराशा जन्माएको धारणा राखेका थिए । बैठकमा सहभागि विनोद उपाध्यले महाधिवेशनले दिएको जिम्मेवारी पुरा गर्न नसकेर राजिनामा दिनु एउटा कार्यकारी नेताको काम होइन, यो त यूद्ध मोर्चाबाट सिपाही भाग्नु जस्तो भएको धारणा राख्नुभएको थियो । चुनावको मुखमा नेता तथा कार्यकर्तामा जुन रुपको उत्साह थियो भट्टराईको राजिनामाले निराशा थपेको धारणा अध्यक्ष शर्माले राख्नुभयो । मधेश व्यूराका नेताहरुले आत्मलोचना गरेर उपाध्यक्ष पदमा फर्किदा उचित हुने सल्लाह दिएको शर्माले बताउनुभयो ।
    अध्यक्ष�� प्रचण्डले वरिष्ठ नेताकालािग राखेको प्रस्तावप्रति नेता भट्टराई पनि सकारात्मक रहनु भएको बुझिएको छ ।
    यसैबीच नेकपा एमालेका तत्कालीन प्रतिनिधिसभा सदस्य गुल्मीका पूर्वसांसद टंकप्रसाद पोखरेललगायतका नेताहरु एमाओवादी प्रवेश गरेका छन् । पार्टीमा प्रवेश गरेपछि नेता पोखरेलले लामो समय एमाले राजनीतिमा बिताएको तर पार्टी कम्युनिष्ट आदर्शबाट स्खलित भइसकेकाले आफू सो पार्टीलाई छाडेर एमाओवादीमा प्रवेश गरेको धारणा राख्नु भयो ।
    सो अवसरमा अध्यक्ष प्रचण्डले आफू छरिएर रहेका कम्यूनिष्टहरुलाई एक ठाउँमा ल्याउने प्रयासमा लागेका धारणा राख्नुभएको थियो । आफ्नो पार्टीको विचार र आदर्श देखेर अन्य पार्टीबाट प्रवेश गरेको देखेर नेताहरु विभिन्नखाले आरोप लगाएर जनतामा भ्रम फैलाउने काम गरिरहेको दावी समेत गर्नुभयो ।

No comments:

Post a Comment