Labels

Saturday, July 13, 2013

विस्तारित बैठकले समस्या समाधान गर्छ



सुरेशकुमार यादव
काठमाडौ असार २९ गते । एकीकृत नकेपा -माओवादी) का  प्रवक्ता अग्नि सापकोटाले पार्टर्ीीत्र विवादित अवस्थामा रहेको संगठनात्मक सिद्धान्तबारेको बहसको टुंगो नलागे संगठनात्मक महाधिवेशन बोलाउने बारेमा पनि छलफल भइरहेको बताउनु भएको छ ।
    पेरिसडाँडस्थित पार्टर्ीीेन्द्रीय कार्यालयमा शनिवार पत्रकारसँग नियमित भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो-'जुन विवाद पार्टर्ीीत्र देखिएको छ त्यसलाई विस्तारित बैठकबाट टुगों लगाउने हो, यदि त्यहाँबाट पनि टुगों नलागे संविधानसभा निर्वाचनलगत्तै संगठनात्मक महाधिवेशन बोलाउने पनि छलफल भइहरेको छ ।' उहाँले आसन्न विस्तारित बैठकले संगठनात्मक सिद्धान्त सम्बन्धमा पार्टर्ीीत्र जारी बहस निष्कर्षा पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
    उहाँले भन्नुभयो-'पार्टर्ीी अध्यक्ष पुष्पकमल दहाल 'प्रचण्ड' ले विस्तारित बैठकको तयारीमा लाग्नु भएको छ, आफूले पेश गर्नु भएको प्रतिवेदनमाथि विभिन्न चरणमा छलफललाई जारी राख्नु भएको छ । यसले विश्वास गर्न सकिन्छ कि विवाद विस्तारीत बैठकबाट समाधान हुन्छ ।' आफूहरुले सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारी भन्ने आधारभूत मान्यतामा आधारित  जनवादी केन्द्रियतासहितको पार्टर्ीींगठन निर्माण गर्न लागेको जानकारी उहाँले दिनुभयो ।
    उहाँले संगठनात्मक सिद्धान्त विकासबारे जारी बहसले लामो समयको गृहकार्यपछि हेटौंडा महाधिवेशनबाट पारित विचार र कार्यदिशाको औचित्यमा प्रश्न उठाउन नहुने बताउँदै उपाध्यक्ष�� बाबुराम भट्टर्राईले निर्वाचनको मुखमा आएर उपाध्यक्ष�पद त्याग्नु सान्दर्भिक नरहेको टिप्पणी गर्नुभयो । उहाँले अहिले पनि डा.भट्र्राईलाई आफ्नो निर्ण्र्ाा्रति पुनःविचार गर्न आग्रह भइरहेको र विगतझै कार्यकारी जिम्मेवारीमा फर्किने विश्वास समेत व्यक्त गर्नुभयो ।
    उहाँले एक अर्को प्रसंगमा सविधानसभा सार्ने गोप्य सहमति भएको हल्ला निराधार रहेको दावी गर्नुभयो । प्रवक्ता सापकोटाले कुनै पनि हालतमा तोकिकै मितिमा सविधानसभाको चुनाव हुने बताउँदै सविधानसभाको निर्वाचन नचाहने शक्तिहरुले नै निर्वाचन मिति सार्ने हल्ला फिजाइरहेको दावी गर्नुभयो । निर्वाचन प्रक्रियामा असहमत दलहरुलाई उच्चस्तरीय राजनीतिक समितिमा सहभागी गराउन, मन्त्रीमण्डल पर्ुनगठन र समानुपातिकतर्फो सिट संख्या बढाउने सम्बन्धमा लचिलो बन्न सक्ने उहाँले धारणा राख्नुभयो । निर्वाचन मात्र गराउने उद्देश्यका साथ गठन भएको यो सरकारले मंसिरमा दोस्रो संविधानसभा चुनाव गराउन नसके यसको औचित्य समाप्त हुने चेतावनी दिनुभयो

No comments:

Post a Comment