Labels

Friday, July 5, 2013

साउनदेखि निर्वाचन आचारसहिता लागु हुने


सुरेशकुमार यादव
काठमाडौ असार २१ गते । निर्वाचन अयोगले सविधानसभा सदस्य निर्वाचन आचार सहिंता, २०७० लार्इ अन्तिम रुप दिर्इ साउनको पहिलो हप्तादेखि त्यसलार्इ कार्यान्वयनमा ल्याउने भएको छ । आचार सहिंताको मस्यौदामाथि विभिन्न सरोकारबालासँग छलफल गरेपछि आसारमसान्तभित्र त्यसलार्इ अन्तिम रुप दिर्इ कार्यान्वयनमा ल्याउने आचार सहिंता मस्यौदा तयारी समतिका संयोजक एवं आयुत्तm अयोधिप्रसाद यादवले जानकारी गराउनुभयो । आयोगले तयार गरेको मस्यौदामाथि मुख्य सचिव, सचिव, मन्त्री, दलका नेता तथा पत्रकार र नागरिक समाजहरुसँग छलफल गरिसकेका छन्‍ । पहिलो चरण्ाको छलफलअन्तर्गत शुत्रmवार अन्तिममा नागरिक समाजका अगुवाहरुसँग छलफल गरेको छ । आयुत्तm दोलखबहादुर गुरुगंले पहिलो चरण्ाको छलफल सिधिएको र दोस्रो चरण्ामा बाँकी रहेका सरोकारवालाहरुसँग छलफल गनर्े नभए आचारसहिंताको मस्यौदालार्इ 'फाइनल' गरी कार्यान्वयनमा जाने बताउनुभयो । यो आचारसहिंता राष्टि्रय, अन्तराष्टि्रय तथा विगतमा भएको चुनावबाट पाठ सिकेर आएको हो, आयुत्तm गुरुगंले भन्नुभयो('विगतको सविधानसभा चुनावमा त्रुटीलार्इ सुधार गर्दै, त्यो भन्दा स्वच्छ र निष्पक्ष्ा चुनाव आयोगले गराउने छ ।' उहाँले आचारसहिंता सफल पार्नका लागि नागरिक समाजको सहयोग चाहिने बताउनुभयो । आयुत्तm गुरुगंले भन्नुभयो('हामीले यो आचारसहिंता दुर्इ तीन खालको 'प्रेसर' बाट तयार गरेका छौ, २०६४ सालको आचारसहिंतालार्इ यथावत राख्ने, वा त्यसलार्इ सुधार गरेर लैजानुपनर्े, साना दलहरुले खर्च गर्न दलहरुलार्इ छाडा छाड्‍नु हुँदैन भन्यो र ठुला दलले खर्चको दायरा राख्नु हुँदैन भन्यो, यी सबैलार्इ मिलाएर हामी मस्यौदा ल्याएका छौ र यसलार्इ छलफल गरी अन्तिम रुप दिनेछौ ।' एकसय पाँच दफा र तीनवटा अनुसुची रहेको सो मस्यौदामाथि छलफल हुँदा नागरिक समाजका अगुवा एवं पूर्व राजदूत विजयकान्त कर्ण्ाले मतदाता अथवा उम्मेदवारलार्इ कुनै पनि बाहन प्रयोगमा रोक्न लगाउन नहुने धारण्ाा राख्नुभयो । उहाँले नेताहरु जनतासमक्ष्ा कुनै पनि साधन प्रयोग गरे त्यसमा आयोगलार्इ आपत्त िहुनु नपनर्े कुरामा जोड दिनुभयो । लेखिका मञ्चला भmाले पनि आचारसहिंतामा उल्लेख भए अनुसार मतादाता ओसारपोसार गर्न साधन प्रयाग गर्न नहुने तर्क गनर्ु गलत हो, विकट गाउँहरुबाट उम्मेदवारले मतदातालार्इ ओसार पोसार गर्‍यो भने यसमा आयोगले अपत्त िगर्न नहुने तर्क गनर्ुभयो । कानुन व्यवसायी एवं नागरिक समाजका अगुवा होमकान्त चौलागाँर्इले उम्मेदवारहरुले आफ्‍नो सम्पत्त िसरकारलार्इ बुभmाउनुपनर्े कडा नीति लागु गनर्ुपनर्े सुभmाव दिनुभयो । पार्टी दर्ता गराउने बेलामा सम्पत्त िविवरण्ा बुभmाएन भने उम्मेदवारी दर्ता गराउने बेलामा अवश्य बुभmाउनु पनर्े कडा नीति ल्याउनु पनर्े उहाँको सुभmाव थियो । मानवअधिकार कर्मी चरण्ा प्रसार्इले आचारसहिंता बनाए पनि त्यसको अनुगमन फित्तलो हुने गरेको बताउनुभयो । आयोग लगायत विभिन्न निकायबाट अनुगमनमा खटिएका प्रतिनिधिसँग जानकारीको अभाव भएको हुनाले आचारसहिंताको उल्लघन हुने गरेको टिप्पण्ाी गनर्ुभयो । आचारसहिंता मस्यौदाको दाफा ३६ मा हवार्इजहाज तथा हेलिकप्टर जस्ता महँगा सवारी साधान चार्टर गरी निर्वाचन प्रचार प्रसार गनर्ु वा गराउनु हुँदैन उल्लेख गरेको छ भने दफा ४३ समा मतदानको दिन मतदातालार्इ हवार्इ जहाज, हेलिकप्टर, बस, ट्रक, जीप र अन्य कुनैपनि सवारी साधनबाट ओसारपसार गनर्ु र गराउनु हुँदैन भनि उल्लेख गरेका छन्‍ । 

No comments:

Post a Comment