Labels

Monday, July 22, 2013

प्रचण्डको प्रस्ताव पारित


सुरेशकुमार यादव
लालितपुर साउन ६ गते । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल 'प्रचण्ड' ले पेश गर्नु भएको पाँच बुँदे विशेष राजनीतिक तथा सांगठनिक प्रस्ताव आइतवार र्सवसम्मतीले पारित भएको छ ।
अध्यक्ष प्रचण्डले पेस गर्नुभएको प्रस्ताव पारित गर्दै सविधानसभा चुनावका लागि एक महिने अभियान सञ्चालन गर्ने भएको छ ।  ललितपुरको खन्ना गार्मेन्टमा शुक्रवारदेखि शुरु भएको केन्द्रिय समितिको विस्तारित बैठकमा अध्यक्ष प्रचण्डले पेस गर्नुभएको प्रस्तावमाथि शनिवार १६ समूहमा छलफल भएको थियो आइतबार १६ वटै समूहले उठाएको प्रश्नको जवाफ अध्यक्ष प्रचण्ड, डा.भट्टर्राई र नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटीले जवाफ दिनु भएको थियो । यी चारैजना महाधिवेशनबाट चुनिएका पदाधिकारी हुन् ।
 विस्तारित बैठकको अन्तिम दिन आफ्नो मन्तव्य राख्दै अध्यक्ष प्रचण्डले यो विस्तारित बैठकले गर्दा पार्टर्ीीक ढिक्का भएर अगाडि बढेको धारणा राख्नु भएको थियो । अब सिङ्गो देशको नेतृत्व एमाओवादीले लिने दावी गर्दै प्रतिक्रियावादीहरु आजको यो विस्तारित बैठकले गरेको निर्ण्र्ााे गर्दा तीन चित्त खाएको दावी गर्नुभयो ।
पार्टर्ीीत्र देखिएको विवादले गर्दा सबैले एमाओवादी फुट्यो अब समाप्त भयो भन्दै थिए तर आजको यो निर्ण्र्ााे एमाओवादी कति शाक्तिशाली रहेका छन् भने कुरा बुझाउन उनीहरुलाई गाह्रो नभएको अध्यक्ष प्रचण्डले धारणा राख्नु भयो । उहाँले डा.भट्टर्राईको राजिनामाले पार्टर्ीीई असर परेकै हो तर यसलाई विस्तारित बैठकले सच्याएको धारणा राख्नु भएको थियो । आफ्नो प्रस्तावमा एकल नेतृत्व प्रणाली भूलवस भएको र त्यसलाई आफूले सच्याउने बताउँदै उहाँले पार्टर्ीीध्याक्षात्मक प्रणालीमा नै चलेको र यसमा सबैलाई ढुक्क रहन आग्रह गर्नुभयो । यो प्रणालीे सविधानसभा चुनावसम्म मात्र रह्ने नेताहरुको जिज्ञासामा अध्यक्ष प्रचण्डले जवाफ दिनुभयो ।
    सविधानसभा निर्वाचनपछि राष्ट्रिय अधिवेशन गरी पुनः कार्यविभाजन गरिने कार्यकर्तालाई आश्वासन दिनु भएको बैठकमा सहभागि एक नेताले गोरखापत्रलाई बताउनुभयो । डा.भट्टर्राई, नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटीले दिनुभएको राजिनामाको बारेमा अध्यक्ष प्रचण्डले उहाँहरुको राजिनामा पनि स्विकृत हुँदैन, उहाँहरु पनि कार्यकारीमै रहने जानकारी गराउनु भयो । श्रेष्ठ र बोगटीले दिनु भएको राजिनामा पत्र अध्यक्ष प्रचण्डले पढेर सुनाउनु भएको थियो । आफ्नो राजिनामा कुनै विवादका लागि नभएर अध्यक्षलाई सहयोग पुर्याउने उद्देश्यले आएको प्रतिकृया पार्टर्ीी नेता श्रेष्ठ र बोगटीले दिनु भएको थियो ।
प्ाार्टर्ीी देखिएको अनियमितताको छानविनका लागि गठन भएको आयोगको प्रतिवेदन र्सार्वजनिक गर्न कार्यकर्ताले माग गरेपछि अध्यक्ष प्रचण्डले अमिक शेरचन र बोगटी आयोगले तयार पारेकिो प्रतिवेदन चाँडै र्सार्वजनिक हुने र प्रतिवेदनले दिएको सुझाव अनुसार नै पार्टर्ीीगाडि बढ्ने आश्वासन दिनुभयो । 
बैठकमा उठेको प्रश्नको जवाफ दिदै नेता श्रेष्ठले अध्यक्ष प्रचण्डको कार्यशैलीको प्रशंसा गर्नु भएको थियो । अध्यक्ष प्रचण्डले बेलाबेलामा भन्ने गरेको चमत्कार विस्तारित बैठकमा देखाएको भन्नुुहँुदै अध्यक्षको कार्यशेलीको प्रशंसा गर्नु भयो । उहाँले अब पार्टर्ीीक ढिक्का भएर अगाडि बढ्ने भयो भन्दै अब डा.भट्टर्राई र अध्यक्ष प्रचण्डसँग कुनै प्रकारको अन्तरविरोध नरहेको समेत कार्यकर्तालाई विश्वस्त तुल्याउनु भयो । डा.भट्र्राईले पनि अब संविधानसभा चुनावमा अध्यक्षको नेतृत्वमा पार्टर्ीीई दर्ुइ तिहाई मतले विजयी गराउन आफू लागि पर्ने धारणा राख्नु भएको थियो । देश र जनताका लागि जस्तोसुकै त्याग र बलिदान दिन आफू तयार रहेको बताउँदै अगामि सविधानसभा चुनावमा दर्ुइतिहाई बहुमत ल्याउने दावी समेत गर्नुभयो ।
समूहबाट आएका प्रश्नको जवाफ दिएपछि एकै स्वरमा अध्यक्ष प्रचण्डको पार्टर्ीीे एकल नेतृत्व प्रस्ताव पारित भएको पार्टर्ीी प्रवक्ता अग्नी सापकोटाले जानकारी गराउनु भयो ।
असार दोस्रो साता बसेको केन्द्रिय समिति बैठकमा पदाधिकारीले ल्याएको कार्य विभाजनको प्रस्तावमा सदस्यहरु असहमति जनाएपछि उपाध्यक्ष डा.बाबुराम भट्टर्राईले आफ्नो सम्पर्ूण्ा पदबाट राजिनामा दिनुभएको थियो । डा.भट्टर्राईको राजिनामापछि पार्टर्ीी विवाद झन बढेपछि केन्द्रिय समितिले विस्तारित बैठक बेलाएको थियो ।
विस्तारित बैठकले देशव्यापी चुनावी अभियान थाल्ने निर्ण्र्ााेत गरेको प्रवता सापकोटाले जानकारी गराउँदै प्रस्तावमा देशभरका दर्ुइसय ४० वटै निर्वाचन क्षेत्रका हरेका गाउँमा एक महिने निर्वाचन केन्द्रित कार्यक्रम तय गरेको जानकारी गराउनुभयो । उहाँले प्रत्येक क्षेत्रमा एकजना केन्द्रिय सदस्य खटाउनु अध्यक्ष प्रचण्डको प्रस्तावमा उल्लेख रहेका बताउनुभयो । विस्तारित बैठकले साउन १० गतेदेखि भदौ १० गतेसम्म एक महिनाका लागि सविधानसभा चुनावका लागि अभियान सञ्चालन गर्ने निर्ण्र्ाागरेको छ । पहिचानसहितको संघीयता संघीयतासहितको संविधान, संविधानसभा निर्वाचनका लागि जनसम्बन्ध अभियान भन्ने नारासहित सञ्चालन गरिने अभियानमा केन्द्रिय सदस्य, केन्द्रिय सल्लाहकार, राज्य समिति सदस्य र जिल्ला सदस्यसहित पार्टर्ीी सबै कार्यकर्ता अभियानमा खटिने प्रचण्डको प्रस्तावमा उल्लेख गरिएको प्रवक्ता सापकोटाले जानकारी गराउनुभयो ।

No comments:

Post a Comment