Labels

Tuesday, July 16, 2013

'दुधको शुद्धतामा कुनै कम्परमाइज हुँदैन'

सुरेशकुमार यादव
काठमाडौ साउन १ गते । दुग्ध विकास संस्थानले शनिवार आफ्नो ४५ औं स्थापना दिवस मनाएको छ । २०२१ साल साउन १ गते स्थापना भएको संस्थानले मुलुकका ३७ जिल्लाहरुमा आठसय दुग्ध उत्पादक सहकारी संस्थाहरुमार्फ दैनिक २ लाख लिटर खरिद गर्ने गरेको छ ।
संस्थानका महाप्रबन्धक सियारामप्रसाद सिहका अनुसार गत आर्थिक वर्षो दाँजो ११ प्रतिशतले वृद्धि भई कुल कच्चा दूध संकलन सात करोड लिटर पुगेको छ । यो मात्रामा वृद्धि भएको कारण चालु आर्थिक वर्षेखि भारतबाट कच्चा दुध आयात गर्ने काम संस्थानले बन्द गरेको छ । स्वच्छ र स्वस्थ्य दुध उपभोक्तामाझ पुर्याउन सक्षम रहेको दावी संस्थानका महाप्रबन्धक सिहले गर्नुभयो ।
उहाँले गुणस्तरीय कच्चा दुध संकलनको लागि दुग्ध चिस्याउने केन्द्रहरुको लागि 'गुणस्तरीय दुध संकलन आचार सहिंता' लागु भई कार्यान्वयनमा ल्याएको बताउँदै हालसम्म संकलित कच्चा दूधको गुणस्तरको लागि ३७ जिल्लाका विभिन्न स्थानमा ६३ वटा दुग्ध चिस्याउने केन्द्र संस्थानद्धारा संचालन गरिएको जानकारी गराउनु भयो । उपभोक्ताको स्वास्थयलाई मध्यनजर गर्दै संकलित दूधमा एन्टीवायोटिक रेजिडयू परिक्षण कार्य समेत भइरहेको दावी संस्थानले गरेको छ ।
खाद्य, प्रविधि तथा गुण नियन्त्रक विभागले केहिदिन पहिले संस्थानमा छापा मार्दा कोलिर्फम भेटाएपछि संस्थानले स्वच्छ र स्वस्थ्यका लागि गरिएको दावीमाथि उपभोक्ताले शंका गर्न लागिएको थियो । अहिले आफ्नो दुधमा कोलिर्फम शुन्यमा रहेका दावी महाप्रबन्धक सिहको रहेको छ । उहाँले एउटा मसिनको कारण दुधमा कोलिर्फमको मात्रा देखिएको थियो अहिले त्यसलाई सुधारेपछि आफ्नो संस्थानको दुध शुन्य कोलिर्फममा पुगेको छ ।
कृषि मन्त्री टेकबहादुर थापा र्घर्तिले दुधको शुद्धतामा कुनै पनि प्रकारको सम्झौता नुहुने बताउँदै आउने दिनमा उपभोक्ताले शुद्धताको हकमा कुनै प्रकारको गुनासो नगरोस भनि संस्थानले सचेतता आपनाउनु पर्ने सुझाव दिनुभयो । उपभोक्ताको लागि नभई नुहुने पदार्थ भएकोले यसमा संस्थानले निकै गम्भिर हुनुपर्ने धारणा राख्दै मन्त्री र्घर्तीले आर्थिकस्थिति सुधार गर्नका लागि मन्त्रालयले थप प्रयास गर्ने आश्वासन दिनुभयो ।
उहाँले दुग्ध संस्थानलाई सम्पर्ूण्ा डेरी उद्योगको लागि मार्ग दर्शनको रुपमा काम गर्न सुझाव दिनुभयो । नीजि डेरीहरुले गर्ने लापरवाहीप्रति जनता जति सचेत हुँदैन त्यति सचेत संस्थानको दुधप्रति रहेको बताउँदै उहाँ संस्थानले गर्ने सानो गल्तिप्रति उपभोक्ताको नजर जाने भएकाले त्यसका सचेत रहन सुझाव दिनुभयो ।
मन्त्रालयका सचिव जयमुकुन्द खनालले संस्थानको दुध कोलिर्फम शुन्य भएमात्र बजारमा प्रतिस्पर्धा गर्न सकिने बताउँदै स्वच्छता र शुद्धतामा संस्थान सबभन्दा बढी ध्यान दिनुपर्ने सुझाव दिनुभयो । संस्थानको दुधमा शुद्धताको लागि मन्त्रालयले हरेक प्रकारको सहयोग गर्न तयार रहेको प्रतिवद्धता समेत जनाउनुभयो । उहाँले संस्थानको दुधमा कोलिर्फम शुन्य नभए मन्त्रालयले नीजि डेरी जस्तै व्यवहार गर्ने चेतावनी समेत दिनुभयो ।
नेपालमा प्रथम धुलो दध उत्पादन गर्ने कारखाना विराटनगरमा २०५१ सालमा स्थापना भएको सो कारखानाको क्षमतालाई दोब्बर गर्ने तयारी भइएको संस्थानले जनाएको छ । उच्च पहाडि क्षेत्रका चौरी गाई कृषकहरुको हितलाई ध्यानमा राखी चौरीको दूधको खरिद मूल्यमा अप्रत्याशित वृद्धि गरी सरदर प्रति लिटर ३० रुपियाँ बाट ५० रुपियाँ गरी चौरी पालन व्यवसायमा थप टेवा पुर्याउने प्रयास गरिएको संस्थानले जनाएको छ ।
नेपाल सरकार र कृषि मन्त्रालयको आर्थिक सहयोगमा संस्थानले नौवटा जिल्लाहरुमा आर्थिक वर्ष२०६६-०६७ मा नौवटा महिला सहकारी संस्थानमा र आर्थिक वर्ष२०६८-०६९ मा २२ वटा जिल्लामा ४५ वटा महिला दुग्ध उत्पादक सहकारी संस्थामार्फ संस्थानले गाई माई कार्यक्रम संचालन गर्दै आएको छ ।
ंसंस्थानले वाषिर्कोत्सवको अवसरमा आगामी बुधबारदेखि बजारमा अत्यन्त न्युन मात्रामा चिल्लोपना भएको "स्लीम मिल्क" ल्याउने भएको छ । पाँंचसय एमएलमा उपभोक्ता मूल्य २२ रुपैयाँं पर्ने उक्त स्लीम मिल्क गाई र भैसीको दूधको समिश्रणबाट तयार हुनेछ । बिशेष गरेर डाइबिटिज, मुटुका बिरामी र बढी तौल भएका उपभोक्ताहरुलाई लक्षित गरेर यस्तो दूध उत्पादन गरिएको संस्थानले जनाएको छ । चिल्लोपना कम भएपनि प्रोटिन, भिटामिन, क्यालसियम भरपुर मात्रामा हुने संस्थानको दावी छ ।
यही फागुन १६ गतेदेखि उपभोक्ताको माग अनुसार संस्थानले गाईको दूधको विक्रि वितरण काठमाडौ बजारमा शुरु गरिएको थियो । दैनिक आठहजार लिटर शुद्ध गाईको दुध विक्रि वितरण गर्दै आइरहेको र त्यसबाट प्राप्त आम्दानीबाट केही अंश गाईको दूध दिने संस्था र कृषकहरुको विकासको लागि छुट्याइएको छ ।

No comments:

Post a Comment