Labels

Monday, July 15, 2013

मधेश एक हुनुमा भारतको के स्वार्थ ?

  सुरेशकुमार यादव
सद्भावना पार्टर्ीी अध्यक्ष राजेन्द्र महतो भारतको पश्ििचम बंगाल कलकत्ताबाट नेपाल फर्केपछि उहाँको बोली परिवर्तन भएको छ र पार्टर्ीीकीकरणको अभियानमा लाग्नु भएको छ । यसअघि मोर्चाबन्दी गर्नेहरुमाथि प्रहार गर्नुपर्छ भनि अभिव्यक्ति मात्र दिनु भएको थिएन कि उहाँले मधेश दौडाहामा भएको बेला मधेशलाई पाँच टुक्रामा विभाजन गर्यो भन्दै फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र तमलोपाका अध्यक्ष महन्थ ठाकुरलाई मधेशका गद्दारसम्म पनि भन्न भ्याए तर असारको पहिलो हप्ता कलकत्ता गएर फर्केपछि उहाँका यी सब अभिव्यक्ति बन्द भएको छ । यसैलाई भन्छन् मधेशमा भारतीय प्रभाव ।
उहाँ मात्रै होइन तीन महिनाअघि तमलोपाका अध्यक्ष ठाकुर भारतबाट उपचार गराएर फर्केपछि मधेशवादी दलमा एकीकरणको कुरालाई लिएर निकै बहस शुरु भएको थियो । उहाँले त्यसबेला विभिन्न दलसँग एकीकरणका लागि वार्ता पनि गर्नु भएको थियो । र त्यसैको प्रभाव थियो पछिल्लोसमय अमृतभोगको चियापान भेला । हतपत मधेशवादी दलसँग एकीकरण र मोर्चाबन्दीको कुरा गर्न नमान्ने मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पनि पटक पटक दिल्ली पुगेर आएपछि तमलोपाका अध्यक्ष ठाकुरसँग एकीकरण गर्न तयार हुनुभएको थियो । अध्यक्ष उपेन्द्र निकट एक नेताले भने, मधेशमा भारतको प्रभाव नरुचाउने उहाँ भारतको दवावमा एकीकरणको लागि तयार त हुनुभयो तर त्यसको सबै कुरा मान्न तयार हुनुभएन ।
करिब दर्ुइ महिनाअघि मधेशवादी दलको एकीकरणका लागि दवाव दिनका लागि भारतीय 'रअ' का प्रमुख संजिव त्रिपाठी नेपालको राजधानी काठमाडौ आएर करिब एकसत्ता बसेर मधेशवादी दलका नेताहरुसँग छलफल गर्नुभएको थियो । भारतको गतिविधिलाई नजिकबाट नियाल्ने एकजना मधेशी पत्रकारले भने, त्रिपाठी र मधेशी नेताहरुको बीचमा भएको छलफलले कुनै नतिजामा पुग्न नसकेपनि अमृतभोगको भेला गराउन सफल भए ।'
स्रोतले भने, 'भारतले संघीयता, गणतन्त्र र स्वयतत्तालाई बलियो बनाउन मधेशमा एउटा मात्र शक्ति हर्ेन चाहेका छन् त्यो पनि महन्थ ठाकुरको नेतृत्वमा । भारतले महन्थ ठाकुलाई नेतृत्व दिन दवाव दिएपनि उपेन्द्र यादवले नमानेका कारण एकीकरण विफल भएको हो ।' फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले त ६ महिनाका लागि भएपनि पार्टर्ीीे नेतृत्व आफूलाई दिनुस् त्यसपछि तपाई लिनुस् भन्दा पनि तमलोपा अध्यक्ष महन्थ ठाकुरले नमानेकाले उहाँहरुबीचको एकीकरण सेलाएको स्रोतको दावी छ । फोरमका एकजना पदाधिकारीले भने, नेतृत्वले त कुरा व्रि्रेको होइन तर जब महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउने चर्चा चल्यो अनि एकीकरणको चर्चा एकाएक सेलायो ।'
उपेन्द्र यादवसँग एकीकरण हुन नसकेपछि सबै दललाई प्रभावमा लिनका लागि विना तयारी अध्यक्ष ठाकुरले चियापानको आयोजना गर्नु भएको थियो । त्यो चियापानमा भारतले पनि शक्ति मानेका उपेन्द्र यादव, विजयकुमार गच्छदार र राजेन्द्र महतोका अनुपस्थिति भएपछि एकीकरणको प्रकृया अवरुद्ध भएको थियो । एक राजनीतिक टिप्पणीकारल भने, अमृतभोगको मिसन सफल नभएपछि उपेन्द्र र गच्छदारलाई एक्लो पार्नका लागि भारतले राजेन्द्र महतोलाई अघि सारेको हो ।' तर त्यहाँ पनि नेतृत्वको कुरा नमिलेपछि एकीकरण प्रकृया स्थिर भएको छ । भारतले आफ्नो अनुकुल उपेन्द्र र महन्थलाई मिलाउन नसकेपछि सद्भावना पार्टर्ीी अध्यक्ष राजेन्द्र महतोलाई अघि सारेको छ । महतोकै पार्टर्ीी एक नेताले भने, भारतले एकीकरण गराउन चाहेको भए मधेशमा ४८ घण्टाभित्र एकीकरण हुन्छ तर बजारमा हल्ला भए जस्तो भारतले पनि त्यो रुपमा लागेको देखिएन तर सल्लाह चाहिँ दिएको हो, किनभने मधेशमा यसको आवश्यकता छ ।'
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको शब्दमा भन्ने हो भने मन मिल्नेहरुसँग जसले पनि एकता चाहन्छ एकता गराउन पनि चाहन्छन् । हरेक दृष्ठिकोणले मधेश भारतसँग नजिक रहेको हुनाले पनि भारत मधेशमा एकता चाहेका छन् । 'जसरी चीनले प्रचण्ड अध्यक्ष रहेको एमाओवादी र मोहन वैद्य किरण अध्यक्ष रहेको नेकपा-माओवादीलाई मिलाउन चाहन्छन् त्यसरी नै भारतले पनि अलग अलग रहेका मधेशवादी दललाई मिलाउन चाहेका छन् ।' उहाँले भन्नुभयो, 'एउटा माओवादी दर्ुइ टुक्रा हुँदा चीनलाई यत्रो पिडा छ भने मधेश आन्दोलनताका तीनवटा दल मात्र रहेका र राज्य शक्तिमा शक्तिशाली भएर आएका उनीहरु विस्तारै १७-१८ दलमा टुक्रा भएपछि मन मिल्नेहरुलाई कति पिडा भएको होला, त्यसैले भारतको प्रयास हो कि मधेशवादी दल मिलुन् ।'
मधेश राजनीतिकका जानकार चन्द्रकिशोर झाले भन्नु हुन्छ, दिल्लीसम्म मधेशी राजनीतिक एजेण्डाको पहुँच छैनन् तर मधेशका केही नेताहरुको व्यक्तिगत सम्बन्धका कारण भारतले मधेशमा एउटै शक्ति चाहेको हुनर्ुपर्छ ।' भारतमा जहाँ नेपाली राजनीतिकको कुरा हुन्छन् त्यहाँ मधेशको कुनै चर्चा नै हुँदैन तर मधेशसँग छुट्टै सम्बन्ध भएको कारण भारतले मधेशको हितमा नै दलहरुलाई एक ठाउँमा ल्याउने प्रयासमा लागेको चन्द्रकिशारको विश्लेषण छ । उहाँले एक अर्को कुरामा पनि भन्नुभयो, 'मधेशमा भारत निर्ण्ाायक भूमिकामा छैनन् तर सल्लाह दिनसक्छ । पाँचवर्षपहिला सविधानसभा चुनावमा अनेकौ प्रयासका बावजुद एक गराउन नसकेको काम अहिले आएर गराउन सक्छ भन्ने कुरामा विश्वास गर्न गाह्रो छ ।'
मधेशी राजनीतिका अर्का विश्लेषक तुलानारायण साहको टिप्पणी फेरि अर्कै छ । उहाँले सहारा टाइम्ससँग भन्नुभयो, अगामी सत्ता समिकरणमा मधेशवादीलाई प्रयोग गर्नका लागि भारतले मधेशवादी दललाई शक्तिशाली बनाउन चाहेका छन् किनभने एमाओवादी, काँग्रेस र एमालेभन्दा मधेशवादी दललाई कन्ट्रोल गर्न सजिलो छ ।' तर, उहाँले मधेशवादी दलहरु यति विभाजन भइसकेका छन् कि एक ठाउँमा ल्याउन मुश्किल रहेको छ यदि भयो भने पनि साना साना मोर्चा मात्र हुनसक्ने बताउनु भयो ।
फोरम नेपालका वरिष्ठ नेता भरतविमल यादवले मधेशमा भारतले एकीकरण चाहेको हो वा होइन भने कुरा आफ्नो जानकारीमा नरहेको तर एउटा असल छिमिकीको नाताले एकीकरण गराउन चाहेका छन् भने त्यो सकारात्मक रहेको बताउनु भयो । उहाँले मधेशवादी दलका नेताहरुको जुन चरित्र देखिएको छ त्यसले एकीकरण होल भने कुरामा आफूलाई विश्वास नरहेको तर कसैको सल्लाहमा यदि एकीकरण भइरहेको छ भने त्यो धेरै राम्रो हुने प्रतिकृया दिनुभयो ।

No comments:

Post a Comment