Labels

Wednesday, October 16, 2013

मुस्लिमहरुले इद मनाउँदै


सुरेशकुमार यादव
काठमाडौ असोज ३० गते । हिन्दूहरु धर्मालम्बीहरुको महान पर्व दशैंसँगै मुस्लिम समुदायले पनि आफ्नो महान चाड बकरा इद बुधवारदेखि देशभरी धुमधामसँग मनाउन थालेका छन् । यस पर्वलाई इदुजोहा पनि भनिन्छ ।
यो रमजान जस्तो कठोर पर्व नभएपनि यो पर्व रमजानको ७०औं दिनपछि तीन दिनसम्म धुमधामका साथ मनाइन्छ । यस पर्वमा मुसलमानहरूले कुरबानी गर्नर्ुपर्ने नियम छ । कुरबानीका लागि मुसलमानहरूले खसी, बोका, भैँसी तथा पाठोलाई बली चढाउँने गरिन्छ । जसलाई मुलस्लमानहरुले कुरबानी भन्ने गरिन्छ ।
मुस्लिम धर्म कुरानका अनुसार अल्लाहका नवि इव्राहिम अलि सलामले ८० वर्षो उमेरमा आफ्नी पत्नी हाजराका गर्भबाट जन्मिएको छोरा इस्माईलअलि सलामलाई अल्लाह -भगवान) को आदेशमा कुरबानी दिन गएका थिए । तर अल्लाह -भगवान) ले नवि इव्राहिम अलि सलामको यो साहस तथा आस्थाबाट प्रभावित भएर त्यो कुरबानीलाई स्वीकार गर्दै छोरा इस्माईलको ठाउँमा भेडाको कुरबानी गर्न लगाएको धार्मीक कुरानमा उल्लेख छन् । यसैलाई प्रत्येक बकर्रर् इदमा कुरबानीको रुपमा मनाउँदै आएका छन् ।
इस्लाम गुरु इजहुल हकका अनुसार कुरबानीको लागि उपयुक्त हुने जनावरको कान, सिङ, आँखा, खुर, पुच्छरलगायत सबैकुरा दुरुस्त हुनर्ुपर्छ अनि मात्र कुरबानीका योग्य हुन्छन् । कुरबानीको मासु तीन भाग लगाइन्छ एक भाग आफ्ना लागि, बाँकी दर्ुइ भाग अरु आफन्त तथा साथीभाइका लागि छुट्याइन्छ । कुरबानी दिएका जनावरको छालाबाट आएका रकम मदरसा -मन्दीर) दिनर्ुपर्ने चलन रहेको छ ।
यर्सपर्वमा मुस्लिमहरुले नयाँ नयाँ लुगा लगाएर विहान मस्जिदहरुमा गएर नमाज पढेपछि कर्ुवानी दिने चलन रहेको छ । कर्ुवानी पछि प्रसादको रुपमा गोस -मासु) आफ्न्तको घरमा पठाउने चलन छ अथवा घरमा नै बोलाएर खुवाउने चलन पनि रहेको छ । गोस -मासु) को तीन भागमध्ये एक भाग आफ्नो समुदायमध्ये जसले कर्ुवानी दिएको हुँदैन त्यसको घरमा पुर्याउने चलन पनि रहेको पत्रकार अवदुल सलामले बताउनु भयो । त्यसको गर्नुको अर्थ जसले कर्ुवानी दिदैन त्यसलाई यस्ता नलागोस कि आफूलाई कर्ुवानी दिएको छैन ।
यो पर्व शुक्रवारसम्म मनाइन्छ र यसै अवधिमा साउदी अरबको मक्का मदिनामा हज गर्न गएका मुस्लिमहरुले आआफ्ना पूजा पाठहरु सम्पन्न गरिनेछ । मुसलमानहरूका पाँच धार्मिक मान्यताअनुसार हज गर्नु एउटा हो । र, यो बकरा इद पनि हजसँग सम्बन्धित नै हो ।

No comments:

Post a Comment