Labels

Sunday, October 20, 2013

प्रचण्डले यसो भन्ने......


सुरेशकुमार यादव
काठमाडौ कात्तिक २ गते । एकीकृत नकेपा मओवादीका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीले दुई तिहाई बहुमत पाए मात्र सविधान निर्माण हुने दावी गर्नुभएको छ । शनिवार सविधानसभा चुनावका लागि प्रतिवद्धतापत्र सार्वजनिक गर्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले दुई तिहाई बहुमत प्राप्त नगरे संघीयतासहितको सविधान कुनै पनि हालतमा निर्माण नहुने ठोकुवा गर्नुभयो ।
    उहाँले विगतको सविधानसभामा समान्य बहुमत आएपनि दुईतिहाई बहुमत नआएको कारण सविधान निर्माण हुन नसकेको कुरा जनताले थाह पाईसकेको उल्लेख गर्दै अगामी सविधानसभा दुई तिहाई बहुमत लिएर नै सविधानसभामा आउने दावी गर्नुभयो । उहाँले परिवर्तनकारी शक्ति र यथास्थितिवादी शक्तिबीचको संघर्षले सविधान निर्माण नभएको बताउँदै अगामी चुनावमा यथास्थितिवादीहरु पाखा लाग्ने दावी गर्नुभयो ।
शान्ति प्रकृयामा आउन एउटै सर्त थियो सविधानसभाको चुनाव तर आज बर्जुवा पार्टीहरुले सविधानसभा विरोधी देखाएर बद्नाम गराउन खोजेको आरोप लगाउँदै त्यो आरोपलाई खण्डन गर्नका लागि भएपनि स्पष्ट बुहमतको मत दिन जनतालाई आग्रह गर्नुभयो ।
    सोही दिन दिउँसो सानेपास्थित आफ्नो निवासमा पत्रकारहरुसँग कुरा गर्दै पार्टीका नेता एवं प्रतिवद्धतापत्र तयारी समितिका संयोजक डा.बाबुराम भट्राईले अग्रगामी र यथास्थितिवादीको खिचातानीले विगतमा सविधान नबनेको बताउँदै अग्रगामी शक्तिलाई दुई तिहाई मत दिए मात्र सविधान निर्माण हुने बताउनुभयो । सविधानसभाको अवधि एकवर्षको हुने बताउँदै विवादीत विषयमा ६ महिनासम्म सहमतिका लागि प्रयास नगर्ने नभए चुनावी प्रकृयामा गएर सविधान निर्माण गर्ने बताउनुभयो । उहाँले भन्नुभयो–‘पार्टीलाई स्पष्ट बहुमत भएन भने फेरि पनि सविधान नबन्ने खतरा रहने छ ।’
    उहाँले सविधानसभाबाट सविधान निर्माणका लागि प्रत्येक दलका मुख्य मुख्य नेता सविधानसभामा आउनुपर्ने बताउँदै त्यस्तो नभए विगत झै समस्या उत्पन्न हुने समेत धारणा राख्नुभयो । मुद्दा र विचार मिल्नेसँग चुनावमा तालमेल गर्ने चाहना हुँदा हुँदै अन्य दलको चासो नपाएपछि सफल नभएको बताउँदै नेता भट्टराईले आफूले काँग्रेस सभापति सुशील कोइरालालाई सविधानसभा चुनावमा मुख्य मुख्य नेताका लागि तालमेल गर्न भनेको तर उहाँले नै वास्ता नगरेको कारण विफल भएको बताउनुभयो ।
   

No comments:

Post a Comment