Labels

Wednesday, October 16, 2013

मनमोहक हुँदैछ तर्राई मधेशका झिझिया नृत्य


-सुरेशकुमार यादव
हिन्दुहरुको महान चाड विजया दशमीको उल्लासमा सम्पर्ुण्ा तर्राई मधेश अहिले झिझिया नृत्यू मा झुमि रहेका छन् । त्यहाँका विभिन्न शक्तिपिठहरु श्रृंगारिएका छन् भने झिझियाको रौनकले वतवारणलाई झुमाएको छ ।
दशैं शुरु भएलगत्तै मिथिलाञ्चलमा पारिवारिक सुरक्षाका लागि लोक अनुष्ठानका रुपमा झिझिया नृत्य सुरु भएको छ । महिलाहरूद्वारा नै सञ्चालन र संयोजन हुने यो नृत्य घटस्थापनाका दिनदेखि दशमीसम्म पर््रदर्शन गरिन्छ । लोक विश्वास र व्यवहारबाट उत्प्रेरित भएर गाउँका ठूलाबडा र धामी-झाँक्रीहरूको विचार र मन्थनबाट बोक्सीको जादु-टुनाको प्रतिकार स्वरूप यो नृत्य विकसित गरिएको बताइन्छ ।
झिझिया मैथिल समाजको लोक नृत्य हो । तान्त्रिक विधिअनुसार यसमा बलिरहेको दियो भएको असख्य प्वाल पारिएको घैँटो टाउकामा राखी नृत्य गरिन्छ । झिझिया नृत्यमा टाउकामा प्वाल पारिएको घैँटो राखेर निरन्तर नाचिरहनु पर्ने हुन्छ । घैँटोमा पारिएका प्वाल कुनै बोक्सीले गन्न नभ्याउन भनेर नाच्ने महिलाहरू उभिरहेको बेलामा पनि आफ्नो टाउको हल्लाइराख्नु पर्ने हुन्छ । यदि बोक्सीले प्वाल गन्न भ्याए भने प्वाल भएको घैटो बोक्ने महिला ठहरै हुन्छन् भन्ने जनविश्वास रहेको छ ।
नृत्यसँगै गाइने गीतमा बोक्सीलाई गाली पनि गरिन्छ । बोक्सी -डाइन) लाई गाली गरियो भने त्यसको मारक क्षमता कमजोर हुन्छ र बालबच्चाको सुरक्षा हुन्छ भनि जनविश्वास रहेको छ । झिझियालाई आजको दिनमा धार्मिक आस्थासँग जोडेर राख्न असजिलो छ, तर यसको लोक सांस्कृतिक पक्षलाई संरक्षण सर्ंवर्द्धन गर्नु पनि त्यतिकै आवशयक छ । झिझिया नृत्य मधेशको धरोहर हो यसलाई संरक्षण गर्नुपर्ने कुरामा विद्धानहरुले जोड दिनुहुन्छ । यस नृत्यमा बोक्सीलाई गाली गर्नुको साथै त्यसलाई धम्क्याउने काम पनि हुन्छ ।
कोठाके उपर डैनियाँ, खिडकी लगैले ना
खिडकी ओतए डैनियाँ, गुनवा चलैले ना,
आगे किछु होएतो डैनियाँ, गदहापर चढेवौ'।। ।
अर्थात खबरदार यदि तिमीले झयाल पछाडिबाट टुनामुना गरी जादु चलायौ भने तिमीलाई गधामाथि चढाएर गाउँमा घुमाउँछौँ र नाम बदनाम गराउँछौँ’ । झिझिया पर्व तर्राईको मौलिक पर्वको रुपमा लिईन्छ र विशेष रुपमा यस पर्वमा ग्रामिण भेगका किशोर-किशोरी तथा स-साना बाल-बालिकाहरुले छुट्टा-छुट्टै समूह बनाएर सामुहिक रुपमा झिझिया गीत गाउँने तथा नृत्य गर्ने गर्दछन् । झिझिया खेल्दा जम्मा भएको दक्षिणा, अन्नपात आदिले मिर्ठाई तथा फल-फूल खरिद गरि प्रसादको रुपमा बाँडेर खाने चलन रहेको छ ।
दशैंको बेला जादुटुना जन्त्रमन्त्र सिक्नेहरु बढी हुन्छन् । त्यस बेलामा जादू टुना सकियो भने यो निकै प्रभावकारी तथा पाको हुने गरेको जनविश्वासका साथ दशैंभरि धामीझाँक्रिहरुको निकै चहल पहल बढेको हुन्छ । दशैमा धामी झाँक्रि तथा बोक्सी -डाइन) हरुको चहलपहल बढी देखिएको हुनाले ग्रामिण क्षेत्रका महिलाहरु त्यसबाट जोगिनका लागि झिझियाँ नृत्य गरेर डाइनहरुलाई गाली गरिरहेका हुन्छन् । त्यसका साथै आफ्नो घरमा कसैको नजर नलगोस् भने प्रवेशद्धारमा कालो पनि पोतेका हुन्छन् । डाइन जोगिनबाट बच्नका लागि आआफ्ना बालबच्चालाई लसुनको माला समेत लगाई दिएका हुन्छन् ।
गत २०५६ सालमा नेपाल सरकारको हुलाक विभागले झिझिया नृत्यको साँस्कृतिक महत्व झल्किने हुलाक टिकट समेत प्रकाशनमा ल्याएको छ । लोपन्मुख रहेको यस्तो लोक सम्पदा शिक्षाको विस्तार सँगै बोक्सा-बोक्सीको रुढिवादी भावनामा कमि आएकोले झिझिया खुम्चिँदै गएको महसुस ग्रामिण भेगका बुढा-पाखाले गरेका छन् तर यो लोकनृत्य भएका कारणले यसलाई जोगाउन सरकारको तर्फाट पनि फहल हुनुपर्ने नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ रामभरोस कापडी भन्नुहुन्छ ।

No comments:

Post a Comment