Labels

Wednesday, October 16, 2013

फोरम नेपालको घोषणापत्र आयो


एक मधेश एकप्रदेश लिई छाड्ने 
सुरेशकुमार यादव
काठमाडौ असोज ३० गते । मधेसी जनअधिकार फोरम नेपालको अभियान, आत्मनिर्ण्र्ााो अधिकार, स्वायत्त मधेश प्रदेश, राष्ट्रिय पहिचान, समावेशी लोकतन्त्रसहित संघीय गणतन्त्र नेपालको सविधान मुलनाराका साथ फोरम नेपालले आफ्नो चुनावी घोषणापत्र तयार पारेको छ ।
पहिचानसहितको संघीयता, संघीयतासहितको सविधानमा जोड दिएर तयार पारेको घोषणापत्रमा अगामि सविधानसभाको चुनावबाट गठन हुने सविधानसभाबाट जसरी पनि सविधान निर्माण गरि छाड्ने उल्लेख गरेको छ । विगतको सविधानसभा विघटन हुनुमा प्रमुख तीन दल एमाओवादी, एमाले र काँग्रेस दोषी रहेको ठहर गर्दै अबको सविधानसभाबाट तोकिएकै समयमा सविधान निर्माण गराउनका लागि सदन र सडकमा संर्घष्ाका मोर्चा निर्माण गर्ने घोषणापत्र तयारी समितिका सदस्य अमरेशनारायण सिहले बताउनुभयो ।
पहिचानसहितको सघियताका लागि स्वायत्त मधेश प्रदेशसहित ८ प्रदेशको अवधारणा अघि सारेको छ । एक मधेश प्रदेशसहित लिम्बुवान, किँरात, तमसालिङ्गं, नेवाः, तम्बुवान, मगरात र कर्ण्ााली गरी ८ प्रदेश रहेका छन् । घोषणापत्र तयारी समितिका संयोजक एवं पार्टर्ीी प्रवक्ता रत्नेश्वर कायस्थले स्वायत्त मधेश प्रदेशका लागि दर्जनौ युवा सहिद भएका हुनाले मधेशमा एउटै प्रदेश हुनुपर्ने भनि आफ्नो पार्टर्ीीे अडान कायम रहेको बताउँदै मधेशमा एकभन्दा बढी प्रदेश कुनै पनि हालतमा स्विकार नगर्ने कुरा घोषणापत्रमा समेत उल्लेख गरेको जानकारी गराउनुभयो ।
प्रत्यक्ष निर्वाचनबाट कार्यकारी राष्ट्रपति नै हुनुपर्ने शासकीय स्वरुप बारे घोषणापत्रमा उल्लेख छ । निर्वाचण प्रणालीमा पर्ूण्ा समानुपातिकमा जोड दिँदै केन्द्रमा माथिल्लो सदन र तल्लो सदन गरी दर्ुइ सदन हुनुपर्ने तथा प्रदेशमा एक सदन मात्र हुनुपर्ने कुरा घोषणा पत्रमा उल्लेख भएको प्रवक्ता कायस्थले बताउनुभयो ।
स्वास्थ्य, शिक्षा, आवास र रोजगारलाई मौलिक हकमा व्यवस्था गर्नुपर्ने घोषणापत्रमा उल्लेख गर्दै वैज्ञानिक कृषिमा पार्टर्ीी जोड दिएको छ । भू-खण्डीकरण तथा जो जोत उसैको पोत आफूहरुले कुनै पनि हालतमा नमान्ने बताउँदै प्रवक्ता कायस्थले भूमि व्यवस्थापनमा सरकारले जोड दिनुपर्ने माग घोषणापत्रमार्फ गर्नु भएको छ । किसानहरुका लागि उन्नत प्रविधि हुनुपर्ने, मल, खाध समयमा उपलब्ध हुनुपर्ने, अन्नबालीको मुल्य समयमा तेाकिनुपर्ने, किसानको पारिश्रमिक कारखानाको मजदूरसरह हुनुपर्ने लगायतका कुरा घोषणापत्रमा उल्लेख छ । सहकारीका आधारमा कृषीलाई अगाडि बढाउनु पर्ने कुरामा जोड दिँदै कृषि विमाको कुरामा समेत जोड दिएको छ ।
देशको विकासका लागि कृषीलाई मुख्य आधार मान्नुपर्ने तथा नीजि र सरकारी क्षेत्रले विकासको काम गर्नुपर्ने कुरा घोषणापत्रमा उल्लेख छ । नेता झाका अनुसार विकासका लागि साझेदारी अर्थ नीतिमा जोड दिएका छन् । जलस्रोत, शिक्षा, स्वास्थ्य, कृषिलगायतको क्षेत्रमा आवश्यक सुधारको अवाश्यकता रहेको उल्लेख गर्दै लोडसेडिङ्ग हटाउनका लागि जलस्रोतको विकासमा बढी जोड दिनुपर्ने आवधारणा अधि सारेको छ । र्
अर्थ नीति, कृषि नीति, शिक्षा नीति जलस्रोत नीति, बालबालिका नीति, दलित नीति, आपाङ्ग नीति, पर्यटन नीति, महिलालगायतको नीतिमा आफ्नो धारणा कायम गरी फोरम नेपाल आफ्नो घोषणापत्रमार्फ जनतामा गएको छ । प्रवक्ता कायस्थका अुनसार नेपालको शिक्षा नीति परिक्षा प्रणाली जस्तो भएको बताउँदै विद्यार्थीहरुमा जसरी पनि पास हुने मनोविज्ञान बढ्दै गएको उल्लेख गर्दै त्यस मनोविज्ञानलाई हटाउनका लागि रोजगारमुलक तथा सीपमुलक शिक्षाको आवश्यकतामा आफ्नो पार्टर्ीी जोड दिएको बताउनुभयो । पढेपछि रोजगारीको सुनिश्चितता हुन्छ भनि कुरा विद्यार्थीलाई नलागेसम्म नेपालको शिक्षाको स्तर नसुध्रिने बताउँदै शिक्षाको साथै स्तर अुनसारको रोजगारीको व्यवस्था सरकारले नै गर्नुपर्ने आफ्नो पार्टर्ीीे माग रहेको प्रवक्ता कायस्थले बताउनुभयो । उहाँले देशका हजारौ युवा विदेश पलायन भएका छन् यदि सरकारले त्यसको प्रकारको शिक्षा नीति निर्माण गरी स्वदेशमै रोजगारीको व्यवस्था गरे विदेश जाने अवस्था नआउने कुरालाई आफ्नो पार्टर्ीीे चुनावी घोषणापत्रले जोडतेाडका साथ उठाएको बताउनुभयो ।

No comments:

Post a Comment