Labels

Thursday, October 17, 2013

वाइसीएलमा हेरफेर


सुरेशुकुमार यादव
काठमाडौ असोज ३१ गते । एकीकृत नेकपा माओवादीका युवा भातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल) मा जिम्मेवारी हेरफेर भएको छ ।
     वाइसीएल केन्द्रीय समितिको विस्तारित बैठकले रामचन्द्र शर्मालाई कार्यवाहक अध्यक्ष र रामप्रसाद सापकोटालाई प्रवक्ताको जिम्मेवारी दिएको छ । वाइसीएलका अध्यक्ष गणेश पुन सविधानसभाका लागि प्रत्यक्ष उम्मेदवार भएको कारण सविधानसभाको चुनावसम्म सापकोटालाई कार्यवाहक अध्यक्ष दिएको छ ।
पुनका अनुसार आगामी मंसिर ४ गते हुने संविधानसभाको चुनावसम्मका लागि सापकोटालाई कार्यबाहक अध्यक्षको जिम्मा दिएको छ । बैठकले संगठनको विभिन्न विभागहरु गठन तथा पुर्नगठन गरेको छ जसमा संगठन विभागमा लक्ष्मी चौलागाइ, अर्थ विभागमा प्रकाश जिएम, प्रचारप्रसार र सूचनाप्रविधि विभागमा रामप्रसाद सापकोटा, स्कूलिङ्ग विभागमा उदय राई, अन्तराष्ट्रिय विभागमा यूवराज दुलाल, केन्द्रिय कार्यालयमा गोबिन्द बटाला, कार्यालय सचिवमा धनन्जय शर्मालाई इन्चार्जको जिम्मेवारी दिएको छ ।
त्यस्तै स्वस्थ्य विभागमा हरेन्द्रराय यादव, वातावरण विभागमा यशु चौलागाँई, कानून विभागमा डम्वर बहादुर शाही, रोजगार विभागमा मनोज लोहनी, कृषि विभागमा तुक बहादूर थापा, उत्पादन विभागमा धर्म बहादुर पुन, सहकारी विभागमा  दूर्गाप्रसाद अधिकारी, खेलकूद विभागमा रुपक कोइराला, सा“स्कृतिक विभागमा सुमन बराल, महिला विभागमा पुष्पा घर्ती, जनजाति विभागमा भिम बहादूर लामा, स्वयंमसेवक परिचालन विभागमा संतोष, प्रकाशन विभागमा लिला शर्मा र संघ सस्था समन्वय विभागमा शिव फूयाललाई इन्चार्ज तोकिएको छ ।
अध्यक्ष पुनले संविधानसभामा यूवा मुद्दालाई उठाउन, प्रचारप्रसार गर्न र संविधान सभाको चुनाव सफल पार्नका लागि एकहजार एक सय ११ सदस्यीय निर्वाचन परिचालन कमिटी निर्माण गरिएको जानकारी गराउनुभयो ।
संगठन निर्माण, सुदृढीकरण र विस्तारको अभियान सफल भएको र निर्वाचन क्षेत्र, गा“उगा“उसम्म यूवा परिचालन, संगठन निर्माण र विस्तारका साथै संविधानसभा प्रचारका साथै उत्पादनको योजना निमार्णका लागि तयारीको काम सम्पन्न भएको निष्कर्ष बैठकले निकालेको छ । पार्टीले तोकेको उम्मेदवारहरुलाई जिताउन सबै तहमा अभियान चलाउने बैठकले निर्णय गरेका अध्यक्ष पुनले बताउनुभयो ।

No comments:

Post a Comment