Labels

Friday, December 13, 2013

पार्टीमा संजय साह अल्पमतमा



  • सुरेशकुमार 

काठमाडौ मंसिर २८ गते । सद्भावना पार्टीका उपाध्यक्ष संजय साहले सविधानसभा बहिष्कार गर्ने राखेको प्रस्ताव पार्टीले परित गरेन । चारदिनदेखि जारी केन्द्रिय समितिको विहिवारको बैठकमा नेता साहले सविधानसभा बहिष्कार गरेर सडक आन्दोलनमा जानुपर्ने प्रस्ताव बैठकमा लग्नु भएको थियो ।

सद्भावना पार्टीमा संजय साहको फरक मत



  • सुरेशकुमार यादव

काठमाडौ मंसिर २७ गते । चार दिनदेखि जारी सद्भावना पार्टीको केन्द्रिय समितिको बैठकमा सो पार्टीका उपाध्यक्ष संजय साहले फरकमत राखेपछि बैठक लम्बिने भएको छ ।

Tuesday, December 10, 2013

बंगुरको नाममा हँसाए धुर्मुस्ले, फाइभ स्टारमा रमाए सबैले


काठमाडौ असोज २५ गते । देश राजनीतिक दलहरुबाट होइन, किसानबाट बन्नेछ, कृषिको विकास भए मात्र देशमा विकास हुनेछ, हास्य कलाकार सीताराम कटेल ‘धुर्मस’ को यो भनाईपछि हलमा तालि गुन्जिएको थियो ।

धाँधलीको छानविन नभए समानुपातिक नपठाउने सद्भावनाको आडान


सुरेशकुमार यादव
काठमाडौ मंसिर २५ गते । मधेशवादी दलमा देखिएको विभाजनका कारण सविधानसभामा कमजोर भएको ठहर गर्दै सद्भावना पार्टीले पार्टी एकताका लागि पहल गर्ने निर्णय गरेको छ ।
दुई दिनेदेखि चलेको पार्टी केन्द्रीय समितिको बैठकबाट यस्तो निर्णय गर्दै यसका लागि पार्टीले अन्य मधेशवादी दलहरुसँग संवाद र छलफल तत्कालै थाल्नि गर्ने भएको छ । मंगरवार बैठकपछि पत्रकारसँग कुरा गर्दै पार्टीका महसचिव मनिष समुनले दोस्रो सविधानसभा चुनावमा मधेशवादी दल कमजोर भएर आउनुमा अन्य कारणमध्ये दलहरु आपसमा विभाजित पनि एउटा कारण रहेको ठहर आफ्नो पार्टीले गरेको बताउनुभयो ।
बैठकमा केन्द्रीय सदस्यहरुले गरेको रिर्पोटिगं अनुसार मधेशी दल कमजोर हुनुमा आफैमा विभाजन पनि एक कारक भएपनि राज्यबाट सुनयोजित ढंगबाट भएको धाँधली प्रमुख कारण रहेको निष्कर्षमा पार्टी पुगको महसचिव सुमनले बताउनुभयो । त्यसका समाधानका लागि मधेशमा पार्टी एकताका लागि पहल गर्ने, एकता नभए एउटै मोर्चा जसरी पनि बनाउने पार्टीले निर्णय गर्नुको साथै निर्वाचनमा भएको धाँधलीको छानविन गर्न पनि माग गरेको छ ।
महासचिव सुमनले सरकारले सुनियोजित ढंगबाट धाँधली गराएको हो, त्यसैले यसको छानविनका लागि उच्च स्तरीय छानविन आयोग बन्नुपर्ने आफ्नो पार्टीको जोडदार माग रहेको बताउनुभयो । साथै छानविन आयोग गठन नभएसम्म सामानुपातिक सभासद्हरुको नाम पनि नपठाउने निर्णय पार्टीले गरेको छ ।


Monday, December 9, 2013

गच्छदारले भने, मोर्चाबन्दी तथा गठबन्धनले देशमा द्धन्द हुन्छ


सुरेशकुमार यादव
काठमाडौ मंसिर २४ गते । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सविधानसभाबाट नै हरेक समस्याको समाधान गर्न एमाओवादीका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ लाई आग्रह गर्नुभएको छ ।
दोस्रो सविधानसभाको चुनावमा धाँधली भएको भन्दै एमाओवादीले छानविन नभएसम्म सविधानसभामा भाग नलिने तथा समानुपातिकको नाम समेत नपठाउने अडान गलत रहेको बताउँदै अध्यक्ष गच्छदारले सविधानसभाबाट नै निर्वाचनमा भएको धाँधलीबारे छानविन गरी त्यसलाई समाधान गर्ने बाटोतिर लाग्न सुझाव दिनुभयो ।
दुई दिनसम्म चलेको केन्द्रीय समितिको बैठकले गरेको निर्णयहरु सार्वजनिक गर्न सोमवार सानेपास्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सविधानसभा चुनावमा धाँधली भएको कुरा आफ्नो पार्टीले पनि भरिहेको र त्यसका लागि उच्च स्तरीय छानविन आयोग गठन गरी छानविनको माग समेत गरेको हो तर सविधानसभा अवरुद्ध गरेर होइन त्यहाँ बहस र छलफल चलाएर समाधान गर्ने बताउनुभयो ।
बल्ल बल्ल भएको चुनावबाट गठन हुने सविधानसभालाई नै बहिष्कार गर्ने हो भने देशमा झन द्धन्द बढ्ने भएकाले सहमति र सहकार्यबाट सबै कुराको समाधानतिर दलहरु लाग्नु पर्ने उहाँको धारणा थियो । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका संयोजक समेत रहि सक्नु भएका अध्यक्ष गच्छदारले सहमति र सहकार्यको आवश्यकत रहेको यस अवस्थामा गबन्धन, गुटबन्दी र मोर्चाबन्दीले समस्या झन बल्झिने भएकाले आफ्नो दल कुनै गठबन्धन वा मोर्चाबन्दीमा नजाने पनि स्पष्ट पार्दै देशमा अहिले दुई गुट काँग्रेस र एमाले भने अर्को एमाओवादी र मधेशवादी दलको देखिएको छ त्यसमध्ये आफू कुनै गुटमा नजाने स्पष्ट पर्नुभयो । 
उहाँले देशमा देखिएको दुई शक्तिबीचको द्धन्दलाई मध्यस्थता गरी समाधान गर्ने भूमिका आफ्नो पार्टी खेल्ने बताउँदै मधेशवादी दललाई पनि कुनैप्रकारको मोर्चाबन्दीमा नलाग्न आग्रह गरिने बताउनुभयो । आफ्नो पार्टीबाट अलग भएका शरत्सिह भण्डारीको पार्टी राष्ट्रिय मधेश समाजवादी पार्टीसँग एकता नभएर खास एजेण्डा र मुद्दामा सहकार्य मात्र हुने उहाँले स्पष्ट समेत पार्नुभयो ।
सरकारमा जाने नजाने बारे पत्रकारले राखेको जिज्ञासामा उहाँले सरकारमा जाने नजाने विषयमा पार्टीले कुनैपनि निर्णय नगरेको बताउँदै आफ्नो पार्टीको पहिलो प्राथमिकता सविधान त्यसपछि मात्र सरकारले रहेको स्पष्ट पार्नुभयो । उहाँले सविधान निर्माणको सुनिश्चितता नभएसम्म सरकारको बारेमा सोच्न समेत नसकिने दावी गर्दै सविधान निर्माणका सुनिश्चितता भएपछि सहमतिको सरकार निर्माण हुने अवस्था आयो भने मात्र त्यसको बारेमा सोच्ने धारणा राख्नुभयो । सविधानसभाबाट सहमति र सहकार्यको माध्यमबाट समस्या समाधान नगरे आफ्नो पार्टीले कठोर निर्णय लिने समेत चेतावनी दिनुभयो ।

Sunday, December 8, 2013

चुनावपछि गच्छदार पार्टीको यस्तो छ निर्णय


सुरेशकुमार यादव
काठमाडौ मंसिर २३ गते । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले मधेशवादी दल र एकीकृत नेकपा (माओवादी) सहितको गठबन्धनमा हाललाई नजाने ननिर्णय गरेको छ ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न केन्द्रीय समितिको बैठकमा भएको छलफलले एमाओवादीको गठबन्धनसँग मुद्दा नमिल्ने भएकोले तत्कालै सो गठबन्धनमा सहभागि नहुने स्पष्ट पारेको छ । बैठकपछि पत्रकारसँग कुरा गर्दै पार्टीका नेता रामजनम चौधरीले एमाओवादी गठबन्धनसँग आफ्नो दलको मुद्दा बाँझिएकाले सो गठबन्धनमा तत्कालै नजाने छलफल भएको बताउनुभयो ।
मधेशवादी दलसहित १६ दलले एमाओवादीसँग बनाएको संघीय लोकतान्त्रिक गठबन्धनको बारेमा पनि छलफल भयो तर त्यसमा सहभागि हुने नहुने विषय टुगों लागेको छैन नेता चौधरीले भन्नुभयो–‘एमाओवादीलगायतका दलहरुले सविधानसभामा भाग नलिने पक्षमा छन् भने हामी सविधानसभामा भाग लिने पक्षमा छौ, त्यसले गर्दा हाम्रो कुरा बाँझिएकाले सो गठबन्धनमा जाने नजाने गम्भिर छलफल हुन बाँकी छ तर तत्कालै नजाने स्पष्ट भएको छ ।’ पार्टीले पहिचानसहितको संघीयता र संघीयतासहितको सविधान निर्माण गराउनका लागि सदन र सडकमा संघर्ष जारी राख्ने निर्णय गरेको नेता चौधरीले बताउनुभयो ।
केन्द्रीय समितिको बैठकले सविधानसभा चुनावमा धाँधली भएको भन्दै उच्च स्तरीय छानविन आयोग गठन हुनुपर्ने माग समेत गरेको छ । पार्टीका अध्यक्ष विजयकुमार गच्छदारले चुनाव सकिने लगत्तै निर्वाचन शान्तिपूर्ण धाँधलीरहित भएको अभिव्यक्ति दिनु भएको थियो तर दुई दिनसम्म चलेको बैठकमा चुनावको समिक्षा हुँदा ठाउँ ठाउँमा धाँधली भएको ठहर भएपछि पार्टीले छानविनको माग गरेको छ ।
देशैभरि चुनावमा धाँधली भएको होइन तर सिमित ठाउँहरुमा धाँधली भएको कुरा पार्टीले ठहर गरेको नेता चौधरीले बताउनुभयो । उहाँले सरकारसँग छानविन आयोग गठन गर्नुपर्ने पार्टीले माग गरेको बताउनुभयो । समानुपातिक सीटको बारेमा पनि छलफल भएको हो तर ककसलाई दिने भने विषयको टुगों लगाउँने जिम्मा पार्टीका अध्यक्ष गच्छदारलाई केन्द्रीय समितिले जिम्मेवारी दिएको छ ।
मिडियामा आएको जस्तो काँग्रेसलाई सरकार निर्माण गर्न समर्थन वा असमर्थन गरेको होइन, उहाँले भन्नुभयो–‘आफ्नो अध्यक्षले काँग्रेसका सभापति सुशिल कोइरालालाई भेटेर सहमतिको आधारमा आगाडि बढ्न सुझाव मात्र दिनु भएको हो । सहमतिको आधार सविधान निर्माण गर्नुको साथै सरकार पनि त्यसै आधारमा गठन गर्न सल्लाह मात्र दिनु भएको हो, पार्टीका अध्यक्ष स्वयंले बैठकमा यो कुरा प्रष्ट पार्नु भएको हो । सरकारमा जाने नजाने विषयमा छलफल हुन बाँकी छ ।’ मुद्दा मिल्ने अन्य मधेशवादी दलसँग सहकार्य र एकता गरेर जाने विषयमा समेत निर्णय भएको उहाँले बताउनुभयो ।

Saturday, December 7, 2013

उपेन्द्र र गच्छदार आआफ्नो घर अनि मधेशमा के को भर


सुरेशकुमार यादव
मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पुनः पुरानै खेमामा फर्केका छन् । वामपन्थी विचारधाराबाट राजनीतिक शुरु गरेका उनी पहिलो सविधानसभा चुनावपछि एमाओवादीसँग गठनबन्धन गरी नौ महिना सरकारसमेत सञ्चालनमा सहभागि भएका थिए तर गच्छदार र गुप्ताका कारण यादवको सम्बन्ध एमाओवादीसँग टुटेको थियो । एमाओवादीसँग उनको सम्बन्ध टुट्नुको अरु कुनै कारण होइन, आफ्नो पार्टीबाट अलग भएका दलहरु मधेशी जनअधिकार फोरम लोकतान्त्रिक तथा मधेशी जनअधिकार फोरम गणतान्त्रिकसँग गठबन्धन बनाउनु नै मुख्य कारण थियो ।
    अहिले एमाओवादीको गठबन्धनमा न जयप्रकाश गुप्ता रहेका छन् न विजयकुमार गच्छदार । त्यसैले सविधानसभा चुनाव सके लगतै एमाओवादीलाई पछ्याउँदै पेरिसडाँडासम्म पुगेका छन् उनी । तर, एमाओवादीसँग पुनः यस्तो मितजोरीलाई उनकै पार्टीका थुप्रै नेताहरुले मन पराएका छैन । फोरम नेपालका एक केन्द्रीय सदस्यले भने, उपेन्द्रलाई कसैले बुझ्न सकेन, पार्टीभित्र के गर्नु हुन्छ कहाँ जानु हुन्छ कसैलाई थाह छैन । एमाओवादीकै कारण पार्टीको यस्तो हालत भएको थाह पाउँदा पाउँदै पुनः त्यसैको पिछलग्गु बन्नु पार्टीको हितमा राम्रो होइन ।’

    एमाओवादीसँग दोस्रो पटकको सरकार निर्माण गर्दा विजयकुमार गच्छदार उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम नेपालबाट अलग भएका थिए । गच्छदारले एमालेका नेता माधवकुमार नेपालको नेतृत्वमा सरकार बनाउनुपर्छ भने पक्षमा थिए भने उपेन्द्र यादवले पुनः एमाओवादीका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउनुपर्छ भने पक्षमा थिए । त्यही रस्सा कस्सीमा मधेशका सबभन्दा ठुला पार्टी पहिलोपटक दुई टुक्रा भएको थियो । गच्छदारले पार्टी विभाजन गरेर सिधै माधवकुमार नेपालको नेतृत्वलाई समर्थन गर्दै सरकारमा सहभागि भएका थिए । त्यसपछि विस्तारै उपेन्द्र यादवको पार्टी फोरम नेपाल र एमाओवादीको दुरी बढ्दै गयो र विजयकुमार गच्छदारको पार्टी फोरम लोकतान्त्रिक र एमाओवादीबीच दुरी घट्दै गयो । पार्टी विभाजनपछि उपेन्द्र यादव र विजयकुमार गच्छदारबीच पानी बाराबारको स्थिति रह्यो । यस्तो मनमुटाव शुरु भयो कि सविधानसभा चुनावपछि बनेको प्रचण्ड नेतृत्वको सरकार बाहेक दुवैजना एउटै सरकारमा कहिले साथ रहेन । माधव नेपालको नेतृत्वमा बनेको सरकारमा अन्य मधेशवादी दललगायत विजयकुमार गच्छदार मात्र सहभागि थिए, उपेन्द्र यादव बाहिर बसे । भने त्यसपछि बनेको झलनाथ खनालको सरकारमा उपेन्द्र यादवमात्र गए गच्छदार गएन ।
    एमाओवादीकै सहयोगमा बनेका झलनाथ नेतृत्वको सरकार ढाल्न पछि एमाओवादीले नै अभियान शुरु गरे त्यस अभियानमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले पूर्ण सहयोग गर्न थाले । सो अभियानको अग्रपंक्तिमा राजनीतिका दाउपेचमा माहिर गच्छदार नै थिए । त्यतिबेला नै फोरम नेपालबाट सो पार्टीका सहअध्यक्ष जयप्रकाश गुप्ता पनि अलग भएर मधेशी जनअधिकार फोरम गणतान्त्रिक गठन गरेका थिए । त्यसपछि गुप्ता र गच्छदार दाजु–भाइको सम्बन्ध जोड्दै एमाओवादीका नेता डा.बाबुराम भट्टराईको नेतृत्वमा निर्माण भएको सरकारमा चारबुँदे सम्झौता गरी गुप्तासहितको मधेशी मोर्चा सहभागि भएका थिए । त्यो सरकारमा उपेन्द्र यादवलाई सहभागि हुन पटक पटक आग्रह पनि गरियो तर त्यहाँ गुप्ता र गच्छदार जस्ता धोकेवाज र भ्रष्ट हुँदा हुँदै कुनै पनि हालतमा सो सरकार सहभागि नुहने भन्दै सरकार बाहिर बसे । यहाँसम्म कि थोरै समयका लागि एमाले र काँग्रेस पनि सो सरकारमा सहभागि भएपछि उपेन्द्र यादवको पार्टी सरकारको प्रतिपक्षि दल भए । उपेन्द्र यादवको पार्टी लामो समयसम्म सरकार बाहिर रहेर मधेशको दौडाहा गरिरहे ।
    भट्टराई नेतृत्वको सरकारमा हालीमुहाली गरेर बसेकै अवस्थामा फोरम गणतान्त्रिकका तत्कालिन अध्यक्ष जयप्रकाश गुप्ता भ्रष्टाचारको आरोपमा जेल परे । त्यसको ठाउँ सोही पार्टीका सहअध्यक्ष राजकिशोर यादवले लिए । त्यसबेला पनि पुर्नगठन भएको सरकारमा उपेन्द्र यादवलाई परराष्ट्र तथा उपप्रधानमन्त्री दिँदा पनि सहभागि भएन । अध्यक्ष यादवका लागि धेरै दिनसम्म उपप्रधान तथा परराष्ट्र मन्त्रालय खाली राखेका थिए तर उपेन्द्र यादव त्यसमा सहभागि भएन कारण थियो गच्छदार पनि सो सरकारमा उपप्रधान तथा गृहमन्त्री थिए । उपेन्द्रको धारणा थियो कि गच्छदार र आफू एउटै हाराहारीमा नरहने र सोही अडानका कारण सरकारमा सहभागि भएन । अहिले आएर मधेशको ठुलो पार्टी विजय गच्छदारको भएको छ भने तेस्रो पार्टी उपेन्द्र यादवको । सत्ताका खेलाडी गच्छदार देशको सबभन्दा ठुलो पार्टी काँग्रेसको खेमामा लागेका छन् भने उपेन्द्र यादव पुनः एमाओवादीकै खेमामा ।
    पेरिसडाँडामा पटक पटक बसेको मधेशी दलसहितको बैठकमा अध्यक्ष प्रचण्डले पटक पटक बोलाउँदा पनि गच्छदार न आफै उपस्थित भए नपार्टीका अरु कुनै प्रतिनिधिलाई पठाए । सो मोर्चामा महन्थ ठाकुर, राजेन्द्र महतो, राजकिशोर यादव, महेन्द्र यादव, अनिल झालगायतका मधेशी दलहरु सभागि छन् । अन्ततः फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदार एमाओवादीको मोर्चा छाडेर अहिले काँग्रेसको मोर्चामा सहभागि भइसकेका छन् । शुक्रवार मात्र काँग्रेसका सभापति सुशिल कोइरालालाई उनकै निवासमा भेटेर सहमतिको सरकार बनाउनुस् आफ्नो पार्टीको पुर्ण समर्थन रहने प्रतिवद्धता जनाईसकेका छन् । लामो समयसम्ममा काँग्रेसमा रहेर काम गरिसकेका गच्छदारलाई एमाओवादीको गठबन्धनभन्दा काँग्रेस गठबन्धनमा काम गर्न सजिलो हुने विश्लेषकहरुको ठम्याई छ । सविधानसभा चुनाव सकिने लगतै मधेशमा तेस्रो उपेन्द्र यादव र देशमा तेस्रो प्रचण्डको सम्पर्कमा गए भने मधेशमा पहिलो गच्छदार र देशमा पहिलो काँग्रेसको सम्पर्कमा गए ।     

एकताका लागि भण्डारीले गरे गच्छदारलाई आह्वान


सुरेशकुमार यादव
काठमाडौ मंसिर २२ गते । विजयकुमार गच्छदार अध्यक्ष रहेको मधेशी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीबाट अलग भइ राष्ट्रिय मधेश समाजवादी पार्टी गठन गर्नु भएका शरत्सिह भण्डारीले फोरम लोकतान्त्रिक पार्टीलाई एकताका लागि आह्वान गर्नुभएको छ ।
    पार्टीद्धारा शनिवार एक विज्ञप्ति जारी गरी सो आह्वान गर्नु भएको हो । नेपाली सेनामा मधेशी युवाको सामूहिक प्रवेशमा पार्टीका अध्यक्ष विजयकुमार गच्छदारले सहयोग नगरेकोलगायतका आरोप लगाउँदै पार्टी नै अलग गर्नुभएका भण्डारी पुनः एकता र सहकार्यका लागि आह्वन गर्नुभएको छ ।
भण्डारी रक्षामन्त्री भएको बेला नेपाली सेनामा मधेशीको सामूहिक प्रवेशलाई लिएर दिएको अभिव्यक्तिका कारण मन्त्री पदबाट नै त्याग्नु परेको थियो र त्यसमा गच्छदारले असहयोग गर्नुभएको थियो । सविधानसभा रहेकै बेला फोरम लोकतान्त्रिकबाट अलग हुनु भएका भण्डारी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग मोर्चाबन्दी गरी संघर्षमा थिए भने गच्छदारको मधेशी मोर्चामा हुनुहुन्थ्यो ।
    सविधानसभा चुनावमा प्रत्यक्षतर्फ एउटा पनि सीट जित्न सफल नभएका अध्यक्ष भण्डारीले निर्वाचनमा मधेशवादी दलहरु कमजोरमा हुनुमा दलहरु विभाजित नै मुख्य कारण रहेको ठहर गरेको छ । भण्डारीको पार्टीले समानुपातिकमा तीन सीट ल्याएको छ ।
    संविधानसभाको निर्वाचन परिणामबाट विगतमा जुनसुकै कारणले विभाजित भएका मधेशवादी दलहरुलाई एकजुट भएर अघि बढ्ने जनआकांक्षा र जनादेश मुखरित भएको ठहर गर्दै सहमति, सहकार्य र एकीकरणको प्रक्रियाले विगतमा विभाजनका कारण कमजोर बनेका मधेशवादी दलहरुका लागि शतिmसञ्चय हुने र मुद्दा कार्यान्वयन गराउन सशतm, प्रभावकारी तथा निर्णायक भूमिका निर्वाह गर्न सकिने विज्ञप्तिमा उल्लेख छ । सहमति, सहकार्य र एकीकरणका लागि जस्तो सुकै लचकता अपनाउन आफ्नो पार्टी तयार रहेको उल्लेख गर्दै सो पार्टीले फोरम लोकतान्त्रिकसँगै तराई मधेश लोकतान्त्रिक पार्टीलाई पनि एकताका लागि आह्वान गरेको छ ।
मधेशवादी दलहरुको गम्भीरता, लगाव र अथक प्रयासका कारण संघीयतालगायतका मुद्दाको स्वामित्व राज्यले ग्रहण गरेको उल्लेख गर्दै स्वामित्व लिइसकेको मुद्दालाई सम्बोधन गर्ने दायित्व राज्यको हो र ती मुद्दालाई कार्यान्वयन गराउन खबरदारी गर्ने काम मधेशवादी दलहरुको भएको विज्ञप्तिमा उल्ल्ेख छ । राज्यले स्वामित्व लिएका मुद्दालाई कार्यान्वयन गराउन समान विचार र धारणा भएका मधेशवादी दल र शतिmहरुबीच सहमति, सहकार्य र एकीकरण आवश्यकतामा जोड दिएको छ ।

Friday, December 6, 2013

मधेशी दलको बीचमा पुनः एकताको प्रयास


सुरेशकुमार यादव
काठमाडौ मंसिर २१ गते । दोस्रो सविधानसभामा हार बेहोरेका मधेशवादी दलहरु एकता र सहकार्यमा जोड दिएका छन् ।
अलग अलग रहेकै कारण निर्वाचनमा मधेशवादी दलहरु कमजोर भएको ठहर गर्दै एकीकरण तथा मोर्चाबन्दीका लागि प्रकृया शुरु गरेको छ । त्यसो त चुनावअघि पनि यसैगरि एकीकरण र मोर्चाबन्दीको अभियानै चलाइएको थियो तर सफल हुन सकेका थिएन ।
मधेशी जनअधिकार फोरम गणतान्त्रिक, तराई मधेश फोरम नेपाल, संघीय सद्भावना पार्टी र नेपाल सद्भावना पार्टीले विहिवार पत्रकार सम्मेलन गरी एकता र सहकार्यका लागि तयार रहेको घोषणा नै गरे । पहिलो चरणमा पार्टी एकीकरणकै लागि प्रयास गर्ने, नभए सघर्षका लागि मोर्चा बनाउने यी चार दलको बीचमा सहमति भएको हो ।
तराई मधेश फोरम नेपालका अध्यक्ष अमर यादवले पहिलो प्रयास एकताकै लागि हुने, नभए मोर्चा पनि बनाउने सहमति भएको र त्यसको गृहकार्य तिब्र रुपमा अगाडि बढी रहेको बताउनुभयो । ‘हामी चार दल अब कुनै नकुनै रुपमा एक ठाउँमा आउँछौ नै त्यसमा अन्य दललाई पनि समावेश गराउन छलफल गर्न कार्यदल बनाउन लागेका छौ, उहाँले भन्नुभयो–‘मधेशवादी दलको यो अवस्था हुँदा अब चाही पक्कै चेत खुलेको हुनुपर्छ र एकताका लागि तयार हुन्छ ।’
तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले पनि मधेशवादी दलहरुको बीचमा विभाजन भएकै कारण यो अवस्था सृजना भएको निष्कर्षमा पुग्नु भएको छ । चुनावअघि एकता तथा मोर्चाबन्दीका लागि एकवर्षसम्म अभियान चलाउनु भएका अध्यक्ष ठाकुर चुनावपछि पनि एकतामै जोड दिनु भएको छ । पार्टीको कार्यसम्पादनको बैठकले पनि दलहरुको बीचमा एकता हुनुपर्ने र त्यसका लागि पार्टीले पहल गर्नुपर्ने निर्णय गरेको छ ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पनि दलहरुमा विभाजनका कारण निर्वाचनमा कमजोर भएको ठहर गर्दै एकीकरणमा जोड दिनु भएको छ । दलहरुको बीचमा एकीकरण नभएपनि मोर्चाबन्दी हुर्नैपर्ने उहाँको धारणा छ ।
त्यसैगरि मधेशवादी दलका युवा विद्यार्थीहरुको संयुक्त बैठकले पनि एकताका लािग आआफ्ना दलमा दवाव दिने निर्णय गरेको छ । सद्भवना पार्टीका महासचिव मनिष सुमनले युवा विद्यार्थीहरुको पहिलो चरणको बैठकले दलहरुको बीचमा मोर्चाबन्दी नभएको, एकता नभएको कारण निर्वाचनमा कमजोर भएको ठहर गरेको बताउनु भयो । उहाँले अब अर्को बैठक बसी कार्यदल बनाएर दलहरुलाई एकताका लागि दवाव दिने बताउनुभयो ।