Labels

Showing posts with label madhesh. Show all posts
Showing posts with label madhesh. Show all posts

Wednesday, September 16, 2015

संशोधन प्रस्तावमाथि महन्थको अपत्ति

गोरखापत्र समाचारदाता
काठमाडौ भदौ २० गते । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले तीन दलले संयुक्त रुपमा पेस गरेको संशोधन प्रस्तावप्रति आपत्ति जनाउनु भएको छ ।
अध्यक्ष ठाकुरले आइवार एक विज्ञप्ति जारी गरी भदौ १९ गते तीन दलले दर्ता
गराएको संशोधन प्रस्तावले थारु–मधेशी, आदिवासी–जनजाति, मुस्लिम, दलित लगायत
सिमान्तकृत समुदायकोे पहिचान, स्वशासन, समानुपातिक प्रतिनिधित्वलााई अस्वीकार गरेको
आरोप लगाउनु भएको छ ।

मधेशमा दलहरुको अवस्था


काठमाडौ भदौ २८ गते । सविधानसभामा सविधानको धारामाथि छलफल शुरु भएको छ । उता तराई मधेशमा सिमांकनलगायतको विषयमा असन्तुष्टि जनाउँदै मधेशी तथा थारु नेताहरुले आन्दोलन गरिरहेका छन् । मधेशी तथा थारुहरु नेताहरुले मधेशमा आन्दोलन गरेपनि बहुमतले असोज ३ गते नयाँ सविधान जारी हुन गइरहेको छ ।
सविधानसभामा रहेका स्वतन्त्रसहित ३२ दलमध्ये २१ दल सविधान निर्माणको प्रकृयामा भाग लिएका छन् भने स्वतन्त्रसहित ११ वटा राजनीतिक दल सविधान निर्माणको प्रकृयाभन्दा बाहिर रहेर आन्दोलन गरिरहेका छन् । यी ११ वटा दलसँग जम्मा ५७ जना सभासद् रहेका छन् । तराई मधेशका सम्पूर्ण जिल्ला अहिले आन्दोलित छन् । झापादेखि कञ्चनपुरसम्मका २० वटा जिल्लालाई तराई मधेशको जिल्लाको रुपमा चिनिएको छ ।
दोस्रो सविधानसभाको चुनावबाट सबभन्दा ठूलो पार्टीको रुपमा नेपाल काँग्रेस आएको छ ।

Monday, January 19, 2015

जनताले सडकबाट आफ्नो अधिकार लिन्छ


आज मधेश आन्दोलनका आठ वर्ष पूरा भएको छ । दुई पटक भएको आन्दोलनबाट मधेशका ५२ जनाले सहादत प्राप्त गरेका थिए करौडोको धनजनको क्षति भएको थियो । २०६४ फागुन १६ गते ८ बुँदे सम्झौतामा गएर आन्दोलन  अन्त्य भएको थियो । तर आन्दोलन ताका उठेका मुद्दाहरु, भएका सहमतिहरु कार्यान्वयन भएको छैन । यहाँसम्म कि आन्दोलनमा सहादत प्राप्त गरेकाहरु सबैलाई सहिद घोषणा गरेको छैन । विभेद कायमै छ । मधेशी नेताप्रति मधेशी जनताको असन्तुष्टि बढ्दै । तथापि मधेश अर्को आन्दोलनको मुडमा पुगेको छ र जनता त्यसका लागि सल्बालाई रहेका छन् । र त्यसको नेतृत्व गर्न मधेशमा तछाड मछाड भइरहेको छ । मधेश बलिदानी दिवस मनाउन सिरहाका लहान पुगेका फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग यी र यस्तै विषयमा गरेको कुराकानीको मुख्य अंशः

Wednesday, January 14, 2015

माधव नेपाललाई यसरी घेरा हाले यी दुई बुढा बाले



काठमाडौ पुस ३० गते । मधेश अहिले पनि जागेका छन् । युवा मात्र होइन, बुढापाका पनि जागेका छन् । मधेशको अधिकार लिन, मधेशलाई मुक्ति दिलाउन छटपटाई रहेका छन् । मात्र उनीहरु छ मौकाको तलासमा । मर्न र मार्न अझै तयार छन् भने कुरा २८ गतेको मधेश बन्दले देखाई दिएको छ । यो राज्यसत्ताप्रति मधेशको कति आक्रोश छ भने कुरा आज म आफ्नै आँखाले हेरे र यही कानले सुने पनि । मलाई विश्वास थिएन कि यी र यस्ता हजुरवुवाहरु पनि यति आत्रोशित हुन्छ भनेर ।

Tuesday, January 13, 2015

मधेश जाने ओलीको इच्छा किन रह्यो अधुरो ?


काठमाडौ पुस २९ गते । मधेशी नेताहरुले मेरा पुतला यहाँ जलाए म मधेश जान्छु । मधेश गए भने ती नेताहरु युपी र विहार भाग्छन् भन्ने एमालेका अध्यक्ष केपी शर्मा ओलीको मधेश जाने पूर्व घोषित कार्यक्रम रद्द भएको छ ।
सिरहामा बाँकी रहेको एमालेको अधिवेशनमा अरु अरु केन्द्रीय पदाधिकारीलाई पठाउने योजना थियो तर जब संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग खटपट भयो अनि उनी आकस्मिक रुपमा सिरहा जिल्लाको एमाले कमिटीको अधिवेशन उद्घाटन गर्न जान तयार भए । र, त्यही बेलादेखि मधेश जाने मधेश जाने भनिराखेका उनको योजना आज फेल भएको हो ।

Monday, January 12, 2015

मधेश आन्दोलन र राजारामको मृत्यु (भिडियो सहित)




 मेरो एकवर्ष एक महिनाको एउटा छोरो छ जहिले पनि उनी विहान ४ बजे उठिसक्छ र चकचक गरेर घरमा सबैको निन्द्र भंग गर्छ त्यसपछि मेरो ६ वर्षीय अर्को छोरा पनि उठ्छ । र आज पनि त्यस्तै भयो । कान्छो छोरो उठेर मेरो टाउकोमा बसेपछि निन्द्र खुल्यो । म उठेर छोरालाई खेलाउँदै मोवाइल चलाउन थाले । आज मधेश र थरुहट बन्द छ भने मेरो मोवाइलमा रहेको मेरो सेडुलले संकेत गर्यो अनि मैले विगतको मधेश आन्दोलनलाई सम्झेर एउटा टुवीट गरे कि ‘मधेशमा रमेश महतोको आवश्यकता छ । राम कार्की र सियाराम ठाकुर तयार छन् ।’

Sunday, January 11, 2015

कञ्चनपुर र कैलाली थरुहटमा नराखे विद्रोह हुने चेतावनी


 ज्ञवालीले भने–‘राजेन्द्रजीले भनेका सबै कुरा मान्ने भए त हाम्रो पार्टी नै रहँदैन्थ्यो
काठमाडौं, २७ पुस । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका सभासद रामजनम चौधरीले सबै नेपाली जनताले महशुस गर्ने खालको संविधान आफूहरुले चाहेको भन्दै दुई तिहाईको दम्भ देखाएर जारी गरेको संविधानको कुनै अर्थमा लागु नहुने बताए ।
उनले सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमाले आफ्नो घोषणापत्रलाई नै संविधानमा  रुपमान्तरण गर्न खोजेको आरोप लगाउँदै त्यसो गरिए मुलुकले अर्को द्धन्द्ध व्यहोनुपर्ने चेतावनी दिए । संघीयताको सवालमा कैलाली र कञ्चनपुरलाई थरुहट प्रदेशमै राख्नुपर्ने भन्दै अखण्ड सुदुरपश्चिममा जबरजस्ती राखिए त्यसको विरुद्ध आन्दोलन गर्ने चेतावनी दिए ।

गच्छ्दारलाई अंगालो हाल्दै ओलीले भने- ‘इस जोड़ी को किसी की नजर ना लगे’

कामाठमाडौ पुस २७ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र मधेसी मोर्चाको झगडा चलिरहेको बेला आज रमाइलो घटना भएको छ ।

आज संवाद समिति सभापति डा। बाबुराम भट्टराईले बोलाएको बैठकमा ओली पनि पुगे, र मधेसी मोर्चाका संयोजक विजयकुमार गच्छदार पनि पुगे । संसद सचिवालयको एउटा हलमा दुवै नेता बसे ।

बैठकको फोटो खिच्न सञ्चारकर्मीहरु भित्र पस्दा ओली र गच्छदार सँगै बसेका थिए । सञ्चारकर्मीहरुले उनीहरु सँगै बसेको देख्दा निकै चासो देखाए ।

Saturday, January 10, 2015

भारतीय राजदुत रञ्जित रे ओलीको घरमा


काठमाडौ पुस २४ – भारतीय राजदुत रञ्जित रेसँगको भेटमा एमालेका अध्यक्ष केपी शर्माले ओलीले मधेशवादी दलसँग भएको कुरालाई बंग्याएर भनिरहेको र आफूले सो कुरा नभएको स्पष्ट पारेका छन् । बालुवाटारमा भएको कुरालाई मधेशवादी दलका नेताहरुले अतिरञ्जित ढंगले उडाइरहेकोमा आफूलाई आश्चर्य लागेको र यसबाट आफू विचलित नहुने पनि धारणा उनले राजदूत रे समक्ष राखेको बताए ।

बाबुरामले बोलाएको चार दलको बैठकमा मधेशी मोर्चा अनुपस्थितभएपछि मोर्चासँग छुट्टै छलफल


ओलीले भने, मधेशी नेताहरुले अपमान गरेको कारण आफू मधेश पस्ने
काठमाडौ पुस २५ गते । सविधानको विवादित विषयमा सहमति जुटाउनका लागि सवैधानिक राजनीतिक, सहमति तथा संवाद समितिका सभापति डा.बाबुराम भट्राईले बोलाएको चार पक्षको बैठकमा मधेशी मोर्चा अनुपस्थित भएपछि सभापति भट्टराईले मधेशी मोर्चाका नेतासँग छुट्टै छलफल गरेका छन् ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेशलाई अपमान गरेको भन्दै माफी नमागेसम्म एमाले सम्मलित कुनै पनि बैठकमा नजाने मोर्चाको निर्णयपछि पनि फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार अध्यक्ष ओली सहभागि भएको दुईटा बैठकमा गएका थिए । दुईटा बैठकमा गएको कारण मोर्चाको निकै आलोचना भएको थियो ।

मातृका यादव र जेपी गुप्ताले एकसाथ आन्दोलन गर्ने घोषणा


काठमाडौ पुस २६ गते । जयप्रकाश गुप्ता अध्यक्ष रहेको तराई मधेश राष्ट्रिय अभियान र मातृका यादवले गठन गरेको संयुक्त मधेश राष्ट्रिय आन्दोलन समितिले संयुक्त रुपमा आन्दोलन गर्ने घोषणा गरेको छ । आज दुई पक्षले पत्रकार सम्मेलन गरी आत्मनिर्णयको अधिकारसहित स्वायत मधेश प्रदेशका लागि मधेशमा अयुक्त रुपमा आन्दोलन गर्ने घोषणा गरेको छ ।

Wednesday, November 12, 2014

सरकारमा जाने बारे यस्तो छ मधेशवादी नेताको गुदी कुरा


संयुक्त प्रस्तावबारे आफ्नै पार्टीबाट अलोचना खेप्न थालेपछि सत्ताधारी दलका नेताहरुले त्यसलाई कमजोर पार्न र एमाओवादी नेतृत्वको २२ दलीय मोर्चालाई तोड्न अहिले नयाँ रणनीति अघि सारेका छन् । सत्ताधारी दल काँग्रेस र एमालेले मोर्चामा आवद्ध मधेशवादी दलका नेताहरुलाई सरकारमा आउन प्रलोभन दिइरहेको खुलासा सो दलका नेताहरुले आफै गरेका छन् ।
सरकारलाई समावेशी बनाउने नाममा एमालेका अध्यक्ष केपी ओलीले स्वयं मधेशवादी दलका नेताहरुसँग भेटेर सरकारमा आउन प्रस्ताव गरेका छन् भने उता काँग्रेसका महामन्त्री कृष्ण सिटौला र सोही पार्टीका नेता आमोदप्रसाद उपाध्यायले मधेशी नेताहरुसँग भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।

Tuesday, November 11, 2014

तमलोपा र फोरम गणतान्त्रिक सरकारमा जाने

काठमांडू/तराई मधेश लोकतान्त्रिक पार्टी र मधेशी जनअधिकार फोरम गणतान्त्रिक पार्टीलाई सरकारमा ल्याउने पहल भइरहेको जनाएको छ । स्रोतका अनुसार प्रधानमन्त्री सुशील कोइरालाले सार्क शिखर सम्मेलनअघि नै एमाओवादी नेतृत्वको २२ दलीय मोर्चामा आबद्ध रहेका तमलोपा र मोर्चा बाहिर रहेका फोरम गणतान्त्रिकलाई पहिलो चरणमा सरकारमा ल्याउने तयारी भइरहेको छ ।

Sunday, November 9, 2014

सात प्रदेशको विरोधमा काँग्रेसका मधेशी सभासद्ले बुझाए हस्ताक्षर




काठमाडौ कात्तिक २३ गते । काँग्रेस र एमालले ल्याएको सात प्रदेशको विरोध गर्दै काँग्रेस पार्टीका २४ जनासभासद्ले पार्टीका सभापति एवं प्रधानमन्त्री सुशिल कोइरालालाई हस्ताक्षर बुझाएका छन् । मधेशको भावना विपरित एमालेको लहैलहैमा आएर यो प्रस्ताव आएको भन्दै काँग्रेसका अधिकाँशसभासद्हरुले त्यसको विरोध गरिरहेका छन् ।

Saturday, November 8, 2014

प्रचण्डलाई खुट्टा नकमाउन मधेशवादी दलको आग्रह

काठमाडौं कात्तिक २२ गते । मधेशवादी दलका नेताहरुले एमाओवादीका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ लाई खुट्टा नकमाउन आग्रह गरेको छ । अध्यक्ष प्रचण्ड नेतृत्वको २२ दलीय मोर्चाले आज जनकपुरमा आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्ने क्रममा मधेशी नेताहरुले सो आग्रह गरेका हुन् ।
विगतमा मधेशलाई पाँच प्रदेशमा विभाजन गर्न एमाओवादीले पनि साथ दिएको आरोप लगाउँदै यो सविधानसभामा एमाओवादीले खुट्टा कमाउन नहुने धारणा राखेका थिए । मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिका अध्यक्ष विजयकुमार गच्छदारले भने, प्रचण्डजी तपाई खुट्टा नकमाउनुस् हामी तपाईको साथमा छौं । काँग्रेस एमालले ल्याएको प्रस्तावलाई जसरी हामी संयुक्त रुपमा विरोध गरिरहेका छौ त्यसलाई निरन्तरता दिऔं भने प्रस्तावको बारेमा सोच्न बाध्य हुनेछ । यसबीचमा हामीमध्ये कसैले खुट्टा कमायो भने देशका लागि ठुलो पराजित सावित हुनेछ ।’

काँग्रेसका लागि मधेशवादी दलको सुराकी गर्छन् मण्डल

काठमाडौ कात्तिक ९ गते । सशक्त रुपमा आएका मधेशको राजनीतिक एका एक रणनीति रुपमा किन कमजोर भयो भने कुराको खोजी मधेशी राजनीतिकमा भएको छ । मधेश आन्दोलनपछि गठन भएको दलमा विभिन्न प्रकारका व्यक्तिहरुको घुसपैठ भएको छ र त्यहाँ हुने गतिविधिको रिर्पोटिगं अन्य ठाउँमा हुने गरेका कारण मधेशवादी दलको यतिका कमजोर भएका छन् र रणनीतिक फेल भएको ठहर गरेको छ ।
ती दलमा कोही पत्रकार भएर जासुसी गरिरहेका छन् भने कोही नागरिक समाज त कोही बुद्धिजिवि भएर जासुसी गरिरहेका छन् । तीमध्ये अग्रपंक्तिमा मधेशी नागरिक समाजका अध्यक्ष गणेशकुमार मण्डल रहेका छन् । मधेशवादी दलहरुमा उनलाई काँग्रेस पार्टीको सुराकीको रुपमा लिएको छ । मधेशी नागरिक समाजको नामबाट मधेशवादी दलसँग सम्पर्क गर्ने र त्यहाँ भएका कुरालाई काँग्रेसमा पुर्याउने काम गरिरहेको पार्टी स्रोतहरुले जनाएका छन् ।

तमलोपाभित्र तिब्र असन्तुष्टि




काठमाडौं, कात्तिक २० – तराई मधेश लोकतान्त्रिक पार्टीभित्र चुलिएको आन्तरिक विवाद समाधान नभएपछि सो पार्टीका सहमहामन्त्री जितेन्द्र सोनलले विवाद समाधान गर्नका लागि पार्टी अध्यक्ष महन्थ ठाकुर समक्ष १३ बुँदे माग तेर्साएको छ । पार्टीभित्र देखिएको गुट उपगुटले पार्टीको कुनैपनि क्रियाकलाप अगाडि नबढेको र पार्टी कुनै एक व्यक्ति र एकै समुदायको हातमा गएको आरोपहरु लागि रहेका छन् । पार्टीभित्र एउटा गुटको नेतृत्व सोही पार्टीका वरिष्ठ उपाध्यक्ष हृदयश त्रिपाठीले गरिरहेका छन् भने अर्को गुटको नेतृत्व महामन्त्री एवं प्रवक्ता सर्वेन्द्रनाथ शुक्लाले गरिरहेका छन् ।   यी दुई गुटका चलखेलका कारण हालसम्म पार्टीले महाधिवेशन गराउन सकेको छैन भने प्रत्येक तीन महिनामा बस्ने केन्द्रीय समितिको बैठक लगभग १५ महिनादेखि बस्न सकेको छैन । कम्तीमा प्रत्येक महिनामा एक पटक बस्ने केन्द्रीय कार्य सम्पादन समितिको औपचारिक बैठक लगभग छ महिनादेखि बस्न सकेको छैन । पार्टीका अध्यक्ष ठाकुरले आफैले गरेका निर्णयलाई आफै उल्टाउन लागेकोमा उनको तिब्र विरोध हुन थालेको छ ।

सात प्रदेशविरुद्ध कांग्रेसका मधेसी सभासदको हस्ताक्षर अभियान

नेपाली कांग्रेसका मधेसी सभासदहरुले आफ्नै पार्टीले अघि सारेको सात प्रदेशको प्रस्तावविरुद्ध हस्ताक्षर संकलन गरेका छन् ।
पार्टी नेतृत्वले एमालेसँग मिलेर सात प्रदेशको साझा प्रस्ताव तयार पारेपछि कांग्रेसका मधेसी केन्द्रीय नेता एवं सभासदहरुले हस्ताक्षर अभियान चलाएका हुन् । कांग्रेसका ५० जना सभासदको हस्ताक्षर संकलन भइसकेको छ ।
यसरी हस्ताक्षर गर्नेमा राष्ट्रपति रामवरण यादवका छोरा चन्द्रमोहन यादव, अमरेशकुमार सिंहदेखि मोरङका सभासद अमृत अर्याल समेत रहेका छन् । हस्ताक्षर अभियानका एक सदस्यका अनुसार सात प्रदेशविरुद्ध तराई-मधेसका ५७ सभासदले नै हस्ताक्षर गर्ने सहमति जनाइसकेका छन् ।
आफ्नो प्रस्तावलाई सम्वाद समितिमार्फत् प्रक्रियामा छिराई दुई तिहाइमार्फत् पारित गराउने कांग्रेस र एमालेका नेताहरुको योजनामा मधेसी सभासदको असहमतिले ठूलो झड्का लागेको छ । कांग्रेसमा ५० सभासदले असहमति जनाएपछि अब संविधानसभामा सत्तापक्षले लैजाने ७ प्रदेशको प्रस्ताव पारित नहुने स्थिति आएको छ ।

भारत चुपचाप बस्यो भने सरकारलाई १० महिनामा घुँडा टेकाउँछौ

–जयकृष्ण गोइत
अध्यक्ष, जनतान्त्रिक तराई मुक्ति मोर्चा

माओवादी छाडेर २०६१ सालदेखि स्वतन्त्र तराईको माग गर्दै सशस्त्र आन्दोलनमा लागेका जयकृष्ण गोइत संयुक्त राष्ट्रसंघको मध्यस्थतामा सरकारसँग वार्ता गर्न चाहन्छन् तर सरकारले सो शर्तलाई वेवास्ता गर्दै आएका छन् । सरकारले विषेश सुरक्षा योजना लागु गरेपछि सशस्त्र गतिविधि सुस्ताएको छ यद्यपी गोइतले भारतको भूमिका खोजेका छन् उनी भन्छन्, भारत चुपचाप बसिदिए भने १० महिनामा नेपाली सरकारलाई घुँडा टेकाई दिन्छौ ।’ यही र यस्तै विषयमा रातोपाटीले भूमिगत रहेका गोइतसँग फोनमा गरेको कुराकानीको मुख्य अंश

Monday, October 20, 2014

पहिला नेपाली कि पहिला मधेशी दुई मधेशीको बहस

बारा र पर्साका दुई जना मधेशी एकले भन्छन् म पहिला नेपाली अनि मधेशी र अर्को भन्छन् मधेशी पहिचानको नेपाली नागरिक । तराई मधेश लोकतान्त्रि पार्टीका सहमहामन्त्री जितेन्द्र सोनलले भन्छन् म मधेशी पहिचानको नेपाली हो भने बाराकै छेउमा रहेका पर्सा वीरगञ्जका फेसबुक सञ्जाल परिवर्तनका लागि हामी नेपाली एक प्रशासन्त सिहले म पहिला नेपाली अनि मधेशी भनेका छन् ।