Labels

Showing posts with label persnal. Show all posts
Showing posts with label persnal. Show all posts

Tuesday, April 1, 2014

म यसकारणले अप्रिलफुल मनाउदिन

   
आज अप्रिल । यो अप्रिल फुल नेपालीले किन र कहिलेदेखि मनाउन थालेको कुरा मलाई थाह छैन । तर मैले यो मनाउन छाडेको पनि धेरै वर्ष भयो । मैले यो नमनाउने भएकाले म यसप्रति सतर्क पनि थिइनन् र छैनन् पनि विगत १५ वर्षदेखि मलाई कसैले नकसैले ठग्दै आएका छन् झुक्याउँदै आएका छन् तैपनि वास्ता गरेको छैन किनभने म अप्रिलफुल मनाउँदिन ।
     नमनाउनुको पनि मेरा आफ्नै कारण छ । ठ्याकै मिति थाह नभएपनि त्यस्तै १५ वर्षभन्दा बढी नै भए होला । म त्यतिबेला सिरहा क्याम्पसमा बीएडमा अध्ययनरत थिए । म सिरहास्थित आफ्नो फुपाको घरमा बसेर पढीरहेका थिए । म माथिको तल्लामा बस्थे भने भूइतल्लामा दुईजना बहिनीहरु बस्थिन । एकजना वहिनी कजाराको थिएन भने एउटी थल्हाकी । त्यसमध्ये मलाई कसैको नाम थाह छैन । यस्तै अप्रिलफुलको दिन कसैलाई ठगु वा मूर्ख बनाएर रमाइलो गरौ भन्ने लाग्यो ।

Monday, January 20, 2014

नेताजी तपाई आफ्नो काम गर्नुस् पत्रकारलाई आफ्नो काम गर्न दिनुस्, भन्नु यति हो

लगभग १० वर्षदेखि मुलधारको पत्रकारीतमा मधेशका लागि मैले निरन्तर कलम चलाउँदै आइरहेको छु । जहिले पनि मधेशकै लागि लेखे विभिन्न साप्ताहिक, मासिक, पाक्षिक तथा दैनिक पत्रिकाहरुमा । सामाचारको मामलामा कसैसँग कहिले सम्झौता गरिन । तर, यस अवधिमा थुप्रै मधेशी नेताहरुलाई नजिकबाट चिन्ने मौका पाए । आफ्नो स्वार्थ पुरा हुने अवस्था छ भने जुनसुकै सुचना फोन गरेर वा घरमै बेलाएर दिन्थे । जहाँ आफ्ना अनुकुल छैन, त्यहाँ सुचना दिनु कहाँ हो कहाँ उल्टै आदर्शवादी कुरा सुनाएर पठाउँथे । यहाँ कसैको नाम उल्लेख गर्नु सान्दर्भिक ठानिन किनभने यो पनि पत्रकारीताको धर्मभित्र पर्छ । 

Tuesday, November 19, 2013

बाउ बन्ने प्रतिक्षामा


आज सविधानसभाको अन्तिम समय लगभग ४५ मिनट बाँकी रहँदा मेरो मनमा विहानदेखि एउटा कुरा खेलिरहेको छ, थोरै चिन्ता र धेरै खुशीका साथमा । म छोरा वा छोरीको वाउ बन्ने मंसिर १६ गतेको समय थियो तर नियमित चेकअप गर्ने डा. श्रीवास्तवले पहिला अप्रेशन भएर बच्चा भएको कारण यसपटक पनि अप्रेशनै गर्नुपर्ने सुझाव दिनुभयो । र त्यसको लागि हिसाब गरेर उहाँले कात्तिक २६ गते अप्रेशन गर्ने समय जुडाउनु भयो र मंसिर २५ गते भर्ना गर्न सल्लाह पनि दिनुभयो । वैद्यबाले बन्द गर्दैछ थाह हुँदा हुँदै मैले कात्तिक २५ गते जोरपाटीको मेडिकल कलेजमा भर्ना गर्ने स्विकार पनि गरे । मनमा अलि पिडा र चाँडै वाउ बन्ने धेरै खुशी लिएर हामी (श्रीमान–श्रीमती) कोठा फर्कियौ । कात्तिक २५ गतेको पर्खाइमा । घरमा पनि खबर गरिदिए, कात्तिक २६ गते भर्ना हुने भनेर । आमा पनि छठ सिध्याएर आउनु भयो । त्यसअघि नै मेरी सासुआमा पनि आउनु भएको थियो । नहुँदै कात्तिक २५ गते पनि आइपुग्यो । त्यो दिन हामीभित्रको छटपट्टी र पिडाको सीमा थिएन के गर्ने नगर्ने भनेर । चारैतिर बन्द छ । विहानैदेखि बम पड्किरहेको समाचार आइरहेका छन् । हामी कोठामा बसेर एकछिन् गन्थन मन्थन गर्यौ र डा.श्रीवास्तवसँग एकपटक कुरा गर्ने निष्कर्षमा पुग्यौ ।
मैले त्यो दिन विहान ८ बजे फोन लगाए । डा.श्रीवास्तले फोन उठाउनु भयो । मैले भने–‘म्याम बन्द कडा भयो, जताततै बमै बमको हल्ला छ, के गरौ ?’ अनि उहाँले भन्नुभयो–‘म त डाक्टर हुँ मेरा लागि अस्पतालबाट गाडि पनि आउँछ, तिमिहरु के गर्छौ विचार गर ।’ मैले भन–‘म्याम प्यासेन्टलाई पुर्याउन त मलाई पनि कुनै समस्या छैन् एम्बुलेन्स मगाएर पनि पुर्याउँछु तर समस्या त यहाँ कुरुवा र भेट्न आउने आफन्तहरुको भयो । अप्रेशनको बेला केही आवश्यक कुरा चाहिएमा पनि बाहिर गएर ल्याउन समस्या हुन्छ के गरौ, वैद्यबाले कात्तिक २७ गतसम्म मात्र बन्द गर्ने रे भनि हल्ला पनि छ ।’ अनि उहाँले भन्नुभयो–‘त्यसो भए प्यासेन्टलाई ठिक छ भने दुई दिन पर्खिदा हुन्छ ।’ मैले भने–‘म्याडम प्यासेन्टलाई ठिक छ कुनै समस्या छैन ।’ डाक्टर र मबीचको सल्लाहले कात्तिक २७ गतेसम्म कुर्ने कुरा भयो ।
कात्तिक २५ गतेपछि आमहड्ताल फिर्ता लिई यातायात हड्तालको घोषणा भयो मंसिर ५ गतेसम्मका लागि । मैले कात्तिक २७ गते विहानै डा.श्रीवास्तवलाई फोन गरे । श्रीवास्तले भन्नुभयो–‘अब बन्द यस्तै हो शनिवार भर्ना गर्नुस् आइतवार (मंसिर २ गते) अप्रेशन गरिदिन्छु । किनभने आइतवार मेरी छोरी विदेशबाट आउँदैछिन् त्यसपछि म समय दिन सक्दिन ।’ मैले छोटो प्रतिकृया दिँदै भने–‘हुन्छ म्याम ।’ अब जे हुन्छ हुन्छ अडताल भएपनि बाउ बन्न अब ढिलो गर्नु हुँदेन भनि म आफ्नो तयारीमा लागे । सुत्केरीका लागि चाहिने लुगाफाटा लगायत अरु समानहरु किने । शनिवार विहान मैले मान्दै आएको पशुपतिनाथको दर्शन गर्न पनि गए । त्यहाँ अप्रेशन सक्सेसका लागि प्रार्थना पनि गरे सायद पशुपतिबाबाले आर्शिवाद पनि दिनु भएको होला । म खुशी हुँदै कोठा फर्के । त्यो दिन म आफ्नो मोवाइल कोठामै चार्जमा छाडेर घुम्न गएका थिए । कोठा लगभग ८ः१५ बजे फर्केका थिए । फोन चेक गरे डा. श्रीवास्तको ५ कल आएको रहेछ । म हतपत कल ब्याक गरेर सरी भने–‘उताबाट पनि डा. श्रीवास्तवले सरी भन्नुभयो । मैले भने–‘म्याम किन सरी ?’ उहाँले भन्नुभयो–‘सुरेश बाबु हेर न म त अप्रेशन गर्न न भ्याउने भए, मेरो आफ्नै भाइको लखनउमा देहान्त भएको छ म त त्यहाँ जसरी पनि जानुपर्छ ।’ म त झसङग भए म कस्तो ब्याड लक छु भनेर आफैलाई धिकारे र म ब्याड लक हो कि आउने सन्तान ब्याड लक हो चिन्तामा परे तर कतिपय बुजुर्गले भने–‘ब्याडलक होइन बच्चा जन्मनु भनेको इश्वरका बर्दान हो धर्तीमा आएपछि मात्र उ मानव हुन्छ । उसको मर्जी नभएसम्म धर्तीमा आउँदैन ।’ डा.श्रीवास्तवले भन्नुभयो–‘म अरु एकजना डाक्टरलाई भन्दिन्छुु उहाँले अप्रेशन गर्दिनु हुन्छ राम्रै हुन्छ ।’ म निकै चिन्तामा परे मेरी श्रीमतीको पनि त्यही हालत भयो । हाम्रो इच्छा थियो कि नियमित चेकअप गर्ने सँग नै अप्रेशन गराउ र अरुको सल्लाह पनि त्यस्तै थियो । मैल भने–‘म्याम तपाई कहिले फर्किने ?’ म त बुधवार या विहीवार फर्किन्छु, उहाँको जवाफ थियो । मैले भने–‘त्यतिबेलै अप्रेशन गर्दा हुँदैन, हामीलाई अरुबाट अप्रेशन गराउने मनै छैन ।’ अनि उहाँले भन्नुभयो–‘यसबारेमा म केही भन्न सकिदिन्न । अप्रेशन गर्ने समय भइसकेका छन् बीचमा केही भइहाल्यो भने म जिम्मेवारी लिईदिन ।’ टेन्सनले पागल भए जस्तो लाग्यो के गरौ के गरौ जस्तो भयो । श्रीमतीसँग सोधे उनले पनि के गर्ने के गर्ने भनिन् ।
त्यसपछि मैले पुनः डा.श्रीवास्तवलाई फोन गरे र भने–‘म्याम अप्रेशन त तपाईबाट नै गराउने इच्छ छ तर अब तपाई जे भन्नुहुन्छ त्यही गर्छु ।’ अनि उहाँले भनिन्–‘४ बजेको मेरो फल्याट् छ, एकछिन् मेरो घरमा आउनुस् । प्यासेन्ट हेरौ अनि डिसिजन गरौला ।’ हामी डा.श्रीवास्तवको घरमा गयौं १ः३० बजे । उहाँले चेकअप गर्नुभयो । सबैथोक ठिक छ भन्नुभयो । तर, अप्रेशन गर्ने समय एकदम नजिक आइसकेकाले बीचैमा पनि कही हुनसक्छ, त्यसैले अप्रेशन गराउँदा नै ठिक हुन्छ, भन्नुभयो । मेरी श्रीमतीले मानिन् र भनिन–‘म्याम जे हुन्छ हुन्छ, यतिका दिन पर्खियौ अब दुई चार दिन पर्खेर भएपनि तपाईबाट नै अप्रेशन गराउने ।’ त्यसपछि डा.श्रीवास्तवले अब भगवानको इच्छा, मेरो विचारमा अप्रेशन गराउँदा नै ठिक तर अब तपाईहरु भन्नुहुन्छ भने ठिक छ म विहीवार (मंसिर ६ गते) फर्केपछि अप्रेशन गरिदिउँदा भन्नुभयो । हामी पनि पशुपतिनाथलाई एकपटक सम्झे र कोठा फर्के पशुपतिनाथको दयाले अहिलेसम्म केही भएको छैन । चिन्ता र डरसँगै विहीवारको पर्खाइमा छु ।