Labels

Showing posts with label Artical. Show all posts
Showing posts with label Artical. Show all posts

Friday, September 18, 2015

अहिले जारी आन्दोलन मधेसी मोर्चा मात्रको आन्दोलन होइन


  • तुलानारायण साह -
प्रकृयामा मधेसी दल सहभागी नभएकाले आम मधेसीको मनोवैज्ञानिक असहमति छ, नयाँ संविधानमा। त्यसैले मधेसीले संविधान आएकोमा दीपावली मनाउन सक्दैन। संविधानले मधेसलाई काठमाडौसँग जोड्नुपर्ने थियो तर यसले चिस्याउने काम गरिरहेको छ। वास्तवमा काठमाडौंले आरोप लगाउन जति समय खर्च गर्छ त्यति मधेसलाई बुझ्न किन खर्चदैन? सोचनीय विषय हो।

मूलत : मधेसले संविधान निर्माण प्रकृयामा आफू हेपिएको, ठगिएको र अलग पारिएको सोचाइ राख्छ। तीन प्रमुख राजनीतिक दलले गरेको १६ बुँदे सहमतिलगत्तै मधेसले संविधान निर्माणमा आफ्नो भूमिका पाउन छाड्यो र त्यो अवस्था संविधान जारी गर्ने मुखैमा समेत कायम रह्यो – चाहे मधेसमा आन्दोलनको आगो बलोस् या मधेसी जनताको बलिदानी नै किन नहोस्।

नेपालमा संविधानसभाबाट संविधान बन्नुपर्छ भन्ने कुनै नयाँ माग थिएन। २००७ सालदेखि नै संविधानसभाको कुरा उठेको भए पनि २०६४ सालसम्म आउँदासम्म यसलाई कसले संस्थागत गर्‍यो र सार्थक बनायो र त्यसका नायकहरु को को हुन् ? महत्वपूर्ण हो। सुरुमा कांग्रेसले संविधानसभाको विषय उठान गरेको हो जसलाई उसले पूरै छाड्यो। यसलाई उचाई दिने मुख्य योगदान माओवादीकै हो। त्यसको परिणाम संविधानसभाका लागि २०६२ सालमा मात्र कांग्रेस र एमाले सहमत भएका हुन्।

Wednesday, September 16, 2015

खण्डित मानस, दण्डित राष्ट्र !

चन्द्रकिशोर 
 जुन दिन संविधानसभा मतदान प्रक्रियामा गयो, त्यही दिन काठमाडौंमा कार्यरत एक व्यावसायिक मित्रले फोनमा भने, ‘आज अफिसमा मन लागेन, मन रोयो । त्यहाँ अन्य समुदायका साथीहरू अहिलेको राजनीतिक सन्दर्भमा आफ्नो जित भएको ठान्दै अट्टहास गर्दै थिए । त्यहाँ आफूलाई थाम्न सकिन र डेरा फर्किएँ ।’ ऊ राजनीतिमा सक्रिय मधेसी होइन ।
आफ्ना अफिसका सहकर्मीहरूको व्यवहारलाई हेर्दै उसको दुखेसो थियो, ‘मेरो पुस्ताले सकेन, अझ कैयौं पुस्ताले कुर्नुपर्ने भयो ।’ त्यसैगरी सर्वोच्च अदालतले राजनीतिक आन्दोलनमा गोली चलाएर प्रदर्शनकारीको ज्यान नलिन अन्तरिम आदेश जारी गरेकै दिन रूपन्देहीको बेथरीमा केही मानिस प्रहरीद्वारा मारिए । प्रहरीको दमन शत्रुराष्ट्रको नागरिकमाथि गरिनेभन्दा पनि बढी भइराखेको छ ।

छातीमा गोली ठोकेर जारीको गरेको सविधानको कुनै अर्थ रहँदैन


-किशोर नेपाल
भुईंचालोपछि बसेको संविधानसभाको बैठकबाट फर्किंदा माननीय सदस्यहरुले हातमा “लेजिस्लेचर्स ब्रिफकेस” झुण्ड्याएजस्तै, पीडितका लागि राहतमा आएको एकएक थान पाल झुण्ड्याएका थिए। यो पटक उनीहरुले आफ्ना पार्टीका कार्यकर्ताका कृति विमोचन गर्दै दर्शकलाई कृतिको अग्रभाग देखाउने शैलीमा एकएक थान संविधान देखाउँदै सभागृहबाट बाहिर निस्किने अनुमान गर्न सकिन्छ। तर, के यो सम्भव होलारु जनताको नाममा तयार पारिएको संविधान जारी गर्न जनताविरुद्ध शक्तिको प्रयोग गर्ने हो भने यो असम्भव नहोला। तर, सजिलो पक्कै छैन ।

मलिकलाई देह बेच्दा बेच्दै......


–सुरेशकुमार यादव

‘जाने हो ?’
‘जाने’
‘कति लिने हो ?’
‘कति जना हो, कहाँ जाने हो नबुझि कति लिने कुरा कसरी भन्ने’, रत्नपार्कको फलामे बारमा अडेस लिएर मधुरो उज्यालोमा उ (ग्राहक) तिर हेर्दै नहेरी मैले जवाफ दिएका थिए ।
सडकमा गुडिने गाडीको लाइट (प्रकाश) बेला बेलामा अनुहारमा आएपछि मात्र कसैलाई प्रष्ट देखिने, नभए मधुरो अन्ध्यारोमै ग्राहकसँग कुरा मिलाउनुपर्ने अवस्था थियो ।
‘म एक्लै छु । तिमीले जहाँ लैजान्छौ त्यही जान्छु,’ म तिर हेर्दै नहेरी उसले (ग्राहक) पनि जवाफ दिए । बेलाबेलामा उसले मेरो अनुहारतिर हेर्थे पनि तर जब गाडीको लाइट आउथ्यो अनि उ आफ्नो अनुहार आफै लुकाउँथे ।
म पनि उसको अनुहारतिर राम्री हेर्न पाउँदैन्थे । किनभने मेरो नजर अरु ग्राहकमा पनि पुर्याउनु पथ्र्यो ।
‘रातभरि बस्ने हो कि एकपटकलाई मात्र हो’
‘रातभरिको कति ? एकपटकलाई कति हो । पहिला रेट भन्नुस् न अनि न कुरा गर्छु’

Monday, February 9, 2015

मधेशमा के छ आन्दोलनको अवस्था (स्थलगत कुरा)

आफ्नोे केही घरायसी कामका शिलशिलामा सिरहा पुगेको बेला एमाओवादी नेतृत्वको मोर्चाले शुरु गरेको आन्दोलनको बारेमा केही बुझ्ने चेस्टा गरे । त्यसका लागि विहानको हुस्सुमा माघ २३ गते जिल्लाको हुलाकी सडक र महेन्द्रराज मार्गलाई एक फन्को लगाए ।   ३० दलीय मोर्चाले थालेको आन्दोलन साँच्चै हुन्छ त भनि जनताको मनोभावना बुझ्न निस्केको थिए । त्यसक्रममा चौक– चौकमा चिया पसल र पान पसलमा हुने भिडमा मिसिन्थे । र, कुनै न कुनै बहानामा आन्दोलनको चर्चा गर्थे । फुर्सदामा देखिएका उनीहरु कहिले हुन्छ आन्दोलन भन्दै उल्टै प्रश्न गर्थे । कुराकनी गर्दा केहीले ३० दलीय मोर्चाले अहिले गरि राखेको आन्दोलनलाई आन्दोलन मान्दैनन्, आन्दोलन भनेको चक्का जाम, बन्द, हड्ताल, तोडफोड र आगजनी रहेको उनीहरुको बुझाई पाए ।

Saturday, January 24, 2015

गजेन्द्रबाबुको हासेपासे कहाँबाट कहाँ पुगे, इमान्दार कार्यकर्ता जहाँको त्यही


  • सुरेशकुमार यादव 


स्व. गजेन्द्रनारायण सिहका स्वकीय सचिवमा धेरै दिनसम्म काम गरिसक्नु भएका जीपी सिहले एउटा अखबारमा लेख्नु भएको छ–‘नेपाल सद्भावना परिषद्बाट २०४६ सालमा नेपाल सद्भावना पार्टीमा परिणत भएपछिको दिनदेखि आजसम्म सद्भावना पार्टीको जुन हालत छ त्यसमा म नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष स्व.गजेन्द्रनारायण सिहलाई नै दोषी मान्छु ।’ यसो भन्नुमा उनले तर्कहरु गरेका छन्, गजेन्द्रबाबु जति सक्षमव्यक्ति भएपनि कार्यकर्ता वा नेता पहिचान गर्नमा साह्रै कमजोर हुनुहु्न्थ्यो । असल कार्यकतालाई पहिचान गर्न नसकेपछि पार्टी शुरुदेखि नै विखण्डनमा लागेको थियो ।’ जी.पी सिह हाल नेपाल सद्भावना परिषद् पुनः गठन गरी मधेशमा चेतना फैलाउने काम गर्दै आउनु भएको छ ।

Wednesday, January 21, 2015

के साँच्चै केपी ओली रोगी नै हुन् त ?


माघ ७ गते । एमालेका अध्यक्ष केपी शर्मा ओलीको भाषण फाटफुट सुन्थे समाचार बनाउँथे सकिगो । उनले गरेको भाषणको चर्चा हुँदैछ भइरहन्छन् पनि । उनले आफ्ना भाषणमा प्रयोग गर्ने उखान टुक्काका कारण उनका भाषण स्रोताले ध्यान दिएर सुनि मज्जा लिइरहेका हुन्छन् । तर खासमा भन्ने हो भने मैले कहिले पनि अ‍ोलीको भाषण त्यति ध्यान दिएर सुनेका छैन । र कहि कतै एक चित्त लगाएर भाषण सुनेको कुरा मलाई याद पनि छैन । तर, संयोग आज उनको भाषण उनकै सामुनेमा उनकै निवासमा बसेर दत्तचित्त लगाएर पुराका पुरा सुने । र, मनमाफीमा आनन्द लिए । र, यो मौका जुडाई दिएका थिए प्रेस चौतारी नेपालले ।

Tuesday, January 20, 2015

मधेशी मोर्चाको अडानले सविधानसभामा भयो यस्तो ताण्डव



  • सुरेशकुमार यादव\\


माघ ६ गते । सोमवार विहान ८ वजे नै शिर्षदलका नेताहरुको बैठक सविधानसभा भवन नयाँ बानेश्वरमा बस्ने कुराको जानकारी आइतावर साँझ नै पाएका थिए । र, त्यही अनुसार आफ्नो सेडुल बनाए । विहान ८ बजे सविधानसभा भवन पुग्नुपर्छ भनि ललिता (श्रीमती) लाई छोराहरु जिम्मा लगाएर म विहानै ६ बजे ओछ्यान छाडेर नित्यकर्म सिध्याई खाना पकाउन थाले । आठ बजेसम्ममा खाना पाकेसकेको थियो खाना खाएर सविधानसभा जान हतार पनि थियो । तर केटाकेटीको घर भएका कारणले यता उती गर्दै खानपिन गर्दै ९.४५ बज्यो । हतार हतार लुगा लगाएर सविधानसभा भवन पुगे । आज दलहरुको बीचमा सहमति हुन्छ । सविधानसभा प्रकृयामा जान्छ भन्ने कुराको जानकारी विभिन्न स्रोतबाट म कहाँ आइपुगेको थियो र विहानदेखि अनलाइन तथा रेडियो टीभीहरुले त्यही फुकी रहेका थिए ।

Monday, January 19, 2015

मेरो भाइको सहादत खेर गयो


  • शिवनारायण मण्डल (सहिद दिनदयाल मण्डलका दाइ)

यो बलिदानी दिवस नआइदिए जस्तो लाग्छ । यो दिन सम्झँदा परिवार नै पीडित हुन्छ । सबैको आत्मा रुन्छ । मन रुन्छ । परिवारमा उनको आवश्यकता खड्की रहेको छ ।
उनका तीनटा छोरा छन् । अब त छोराहरु ठूलो भइसक्यो तर अझै पनि उनीहरुको मनबाट बुवाको सपना गएको छैन । मेरो भाइ दिन दयाल मण्डल फुटबलका खेलाडी थियो तर खेलाडी बन्नुको उनको आफ्नै स्वार्थ थियो । उनको उद्देश्य नै थियो राजनीतिक गर्नु । मधेश जनताको लागि काम गर्नु । उनी सानै छँदा गाउँ टोलमा डुलेर मधेशी अधिकारको कुरा गथ्र्यो ।

Saturday, November 8, 2014

मधेश आन्दोलनः एक समिक्षा

–सुरेशकुमार यादव


विषय प्रवेश
नेपालको मधेश भन्नाले मुलुकको दक्षिण समतल भूभागलाई जनाउँछ । मधेशको क्षेत्रफल (२२ जिल्ला) नेपालको कुल भूभाग २३ प्रतिशत अर्थात ३४०१९ वर्ग किमि रहेको छ । पूर्वदेखि पश्चिममा गरी मधेश क्षेत्रको लम्बाई ५०० माइल र उत्तर दक्षिणको चौडाई सरदर २० माइल रहेको छ । समुन्द्र सतहबाट औसत ५०० मिटरसम्मको अग्लो भूभागको मेधश क्षेत्रमा सबै समतल भूभाग मात्र नभएर शिवालिक पर्वत श्रृखलाको पहाडि प्रकारको भूभाग पनि केही जिल्लाहरुमा पर्दछ । नेपालका प्रायशः सबै महत्वपूर्ण नदीहरु जस्तै मेची, कन्काई, कोशी, कमला, वागमती, नारायणी, राप्ती, बबई, कर्णाली र महाकाली मधेश भएरै बगेका छन् ।
नेपालको ५० प्रतिशतभन्दा बढी जनसँख्याको बासोवास रहेको मधेश क्षेत्रले पूर्व, दक्षिण र पश्चिम गरी भारतको पश्चिम बंगाल, विहार, उत्तर प्रदेश र उत्तराखण्ड राज्यहरुलाई छोएको छ । यही क्षेत्रमा परम्परागत रुपमा बसोबास गरि आएका विभिन्न जातजातिका गैर नेपाली मातृभाषा भएका गैर पहाडि मूलका मानिसहरुलाई मधेशको मूल बासिन्दा मधेशी भनिन्छ । जसको आफ्नै मौलिक सँस्कृति, भाषा, भेषभुषा, जीवशैली र मौलिक पहिचान रहेको छ ।

Friday, May 2, 2014

मोदी उदयको सन्त्रास


  • सुरेशकुमार यादव
  • एकीकृत पार्टीको अध्यक्ष महन्थ ठाकुरलाई नै बनाउनु पर्ने भारतीय नेताहरुको चाहनाले पनि अबको मोदी सरकारले त्यो चाहनालाई कतिको बुझ्छन्, त्यसमा पनि गन्थनहरु शुरु भएका छन् ।
  • मोदीको सरकार नबन्ला तर अहिलेको जस्तो भारतको परिस्थिति चुनावपछि रहने छैन । सबभन्दा ठुलो गणतान्त्रिक मुलुक भएका र संभावना बोकेका मुलुक भारतको परिवर्तनले हरेक देशलाई केही नकेही असर अवश्य पार्नेछन् । मोदीको उदयले नेपाल जस्तै अमेरिका पनि त्यतिकै झस्किएका छन् ।

Wednesday, April 23, 2014

म आफ्नो घरपरिवारका लागि बाँच्न चाहन्छु

म दिलीप कुमार साह ३६ वर्षको युवा जवान हुँ तर यही उमेरमा आएर मृगौला प्रत्यारोपण भएको छ । म मात्रै आफ्नो घरपरिवारको सहारा भएकाले तपाईको सहयोगको अपेक्षा गरेको छु । सबै जायजथा र गरगहना बेचेर मृगौला प्रत्यारोपण गराएपनि मलाई अहिले दैनिक जीउन गाह्रो भएको छ ।

Thursday, April 10, 2014

चाचा पन्नालालको अखबारी पहिचान

–सुरेशकुमार यादव
७४ वर्षीया पन्नालाल गुप्त अहिले पनि कुनै तन्नेरी जस्तै साइकलमा चढेर नियमित रिपोर्टिगंमा जानुहुन्छ । पन्नालाल चाचाको नामबाट चिनिएमा उहाँबाट अहिले पनि युवाहरु धेरै कुरा सिकिरहेका छन् । नेपाल टिभीमा कार्यरत पत्रकार विजय वर्माका अनुसार पुरानो पत्रकार भएपनि उहाँमा नयाँ जोश जाँगर र ज्ञान पनि छन् । अहिले पनि उहाँले युवा पत्रकारहरुलाई पत्रकारीतामा लाग्न नयाँ नयाँ टिप्स दिइरहनु हुन्छ । नेपालगञ्ज नगरपालिकाका पन्ना चाचा पत्रकारीता गर्नुअघि सानोतिनो व्यावसायमा थिए जब उहाँका दाई महावीरप्रसाद गुप्त पत्रकारीता छाडेर नगरपालिकाका मेयर हुनुभयो अनि त्यसको बिडो पन्ना चाचाले सम्हाल्नु भयो ।
आदर र श्रद्धाका साथ के युवा के बृढा सबैले उहाँलाई चाचाजी भनेर सम्बोधन गर्छन् । नेपालगन्जलाई कर्मथलो बनाएर पत्रकारिता जगतको यात्रा पूरा गरेको ४१ वर्ष भयो ।

Monday, March 24, 2014

एकीकरण तीन नेताको बीचमा हुन लागेको होइन

  • बृषेशचन्द्र लाल

एकीकरण भनेको लामो प्रक्रिया नै हो । तीन पार्टीबीचको एकीकरण हतार हतारमा भयो भने त्यो कुनै स्वार्थका लागि मात्र भएको हुनसक्छ । तमलोपा, फोरम नेपाल र सद्भावना पार्टीबीच भावनात्मक, मानसिक र संगठनात्मक रूपले एकीकरण हुन लागेको हो । हामी सबैको लक्ष्य लगभग एउटे हो । एउटै लक्ष्यका निमित्त मधेशमा एउटा बृहत राजनीतिक शक्तिको आवश्यकता थियो । यसका लागि यी तीनवटै पार्टी एउटै पार्टीको रूपमा आउने भन्ने हिसाबले एकीकरण प्रक्रिया अगाडि बढिरहेको छ ।

Sunday, March 16, 2014

होली मस्तीके लेल होली.......

-सुरेशकुमार यादव
यतिखेर तराई रंगमय भएको छ । । राजधानीदेखि मधेसको हरेक ठाउँ जस्तै जनकपुर, सिरहा सप्तरी, वीरगन्ज, विराटनगर जहाँ पुगे पनि मानिसहरु रंगीन मुडमा देखिन्छ । माघमा हुने श्रीपंञ्चमीबाट परम्परागत ढंगले शुरु हुने होली फागुन लाग्ने वित्तिकै पुरौ माहौल रंगीन हुन जान्छन् । घरघरमा होलाीका गीत संगित तथा डम्फुहरु बज्न थाल्छन् । मिथिलाक्षेत्रको ग्रामीण क्षेत्रमा कुनै एक व्यक्तिलाई घरमा बोलाएर गधामा चढाएर गाउँमा घुमाएर रमाइलो गरेका हुन्छन् । होली प्रारम्भ भएपछि मिथिला परिक्रमा एवं महामूर्ख सम्मेलनजस्ता कार्यव्रmम पनि चलिरहन्छन् । वर्षभरि जतिसुकै झगडा किन नहोस, झगडियालाई चोकमा ल्याएर एक­अर्कामा मित्रता गाँसिदिने र त्यसको साक्षी हुनेहरूले दुवैलाई सक्दो भाङ  ख्वाउने चलनले होली पर्व आकर्षित भएको हो । मिथिला क्षेत्रमा देखिने अर्को विशेषता हो­ युवायुवतीबीच चल्ने रंगको जुहारी ।

Thursday, March 13, 2014

होलिको पूर्वसन्ध्यामा पञ्चकोसी परिक्रमाको महत्व


  • सुरेशकुमार यादव

तराई मधेशमा फगुवा (हाली) को रौनकसँगै पञ्चकोशी परिक्रममा शुरु भएको छ । फागुन महिनाको अमवस्यादेखि फागु पूर्णिमासम्म १५ दिन यो परिक्रमा चल्छ । पौराणितककालमा यो परिक्रममा साधुसन्तबाट हुने गर्दथ्यो तर अहिले गृहस्थलगायत सर्वसाधारणको पनि सहभागिता हुन थालेको छ । यसलाई मध्यपरिक्रमा पनि भनिन्छ । बृहत, मध्य र अन्तरगृह गरी यो परिक्रममा तीन प्रकारबाट सम्पन्न गरिन्छ । बृहत परिक्रमा उत्तरमा हिमाल, दक्षिणमा गंगा, पूर्वमा कोशी र दक्षिणमा गण्डकीसम्म हुन्थ्यो तर अहिले मध्यपरिक्रमा र अन्तरगृह परिक्रमा मात्र चलनमा छ ।
सँस्कृतिविद् रामदयाल राकेशले आफ्नो पुस्तक ‘मैथिली लोकसँस्कृति’ मा उल्लेख गरे अनुसार मध्यपरिक्रमाको सुरुआत अठारौ शताब्दीभन्दा पहिले नै भएको हुनुपर्छ र बीसौ शताब्दीसम्म आइपुग्दा महात्मा सुरकिशोर दासले यसलाई पाँच दिनबाट १५ दिनसम्म बनाए । परिक्रमामा धार्मिक मन्यता रामायणसँग जोडिएको पाइन्छ । परिक्रमा नेपाल र भारतको १५ स्थानको बसाईपछि सम्पन्न गर्ने गरिन्छ । जसमध्ये धनुषाको जनकपुर, धनुषाधाम, हनुमानगढी, औरही, सतोषर र पर्वता, महोत्तरीको मटिहानी, जलेश्वर, मडई, धुव्रकुण्ड र कञ्चनवन, भारतको गिरिजास्थान फुलहर, कल्याणेश्वर, विशौल र करुणालगायतका ठाउँहरुको परिक्रमा गर्छन । परिक्रमाका भक्तजनहरुले करिब १२८ किलोमिटरको यात्रा गर्ने गर्छन् ।

Tuesday, March 11, 2014

केपी सर ककस भनेको के हो भन्ने थाह छैन भने यो पढ्नुस् त



ककस कहिले र कहाँबाट शुरुभयो भन्ने विषयमा विवादित वहस भएपनि सन् १७६३ मै दक्षिण अमेरिकामा यसको प्रयोग सबैभन्दा पहिले गरिएको अनुमान गरिन्छ। जोन अडाम्स, ब्रेनटि्र, म्यासाचुसेट्सले सो शब्दावलीको प्रयोग सबैभन्दा पहिले गरेको मानिन्छ। ककसलाई बैठक, सभा, जमघट, कंग्रेस, कन्फरेन्स, कन्भेन्सन, सेसनको नामले पनि बाह्यमुलुकमा अर्थ्याउने गरिन्छ। यस्तै सन् १७८८ मा अमेरिकामा ककसलाई राजनीतिक क्लवकोरुपमा प्रयोग गरिएको थियो। त्यसैले ककस विशुद्ध अमेरिकन शब्द हो भनेर भन्न सकिन्छ। सोपछि बेलायत, क्यानडा, भारत लगायतका देशहुँदै नेपालमा पनि यसको नाम जोडिन   पुग्यो। नेपालमा वि.सं. २०५८ सालमा पहिलो पटक महिला सभासद समूह ख (ककस) को गठन भयो। सो पछि २०६५ पुस १८ गते महिला सभासद समूह (ककस) भनेर गठन भयो। पहिलो संविधानसभामा आदिबासी जनजाति ककसको पनि गठन भएको थियो।

Sunday, March 9, 2014

उपेन्द्रजी नआएपनि हामी छुट्टै एकीकरण गर्छौ

–राजेन्द्र महतो
मधेसमा भइरहेको शोषण उत्पीडनका विरुद्ध लड्नका लागि मधेसी दल वा शक्तिहरु एकजुट भएर लड्नुपर्छ भन्ने धारणाको विकास अहिलेदेखि नभएर २२ वर्षदेखि नै भएको हो । यद्यपि त्यसले पूर्णता पाउन सकेन । हाम्रो पार्टीको स्थापनादेखि नै त्यसको मूल उद्देश्य भनेको नागरिकता, समानता, समावेशिता, सम्मान जस्ता विषय थिए र त्यो प्राप्तिका लागि सबै दलहरु मिलेर अघि बढ्नुपर्छ भन्ने थियो । त्यतिवेला अहिलेको जस्तो मधेसकेन्द्रित दलहरु थिएनन् । हामी एक्लै थियौं ।
पहिले–पहिलेको चुनावमा कांग्रेस एमालेका मधेसी नेताहरु मधेसको मुद्दा हामी उठाउँछौं । हामी मधेसलाई अधिकारसम्पन्न गराउँछौं भनेर भोट माग्थे र अन्त्यमा उस्तै उत्पीडन, अन्याय र शोषणमा मधेसी जनता बस्नुपथ्र्यो । त्यतिवेला हाम्रो पार्टीले मधेसका सवालमा मिलेर काम गर्न अन्य पार्टीका नेताहरुसँग धेरैपटक छलफल ग¥यौं । तर सफल हुन सकेन र विस्तारै मधेस आन्दोलन हुँदै मधेशकेन्द्रित दलहरुको सँख्यामा वृद्धि भएको हो । अघिल्लो संविधानसभाको निर्वाचनमा पनि हामी एकताबद्ध भएर चुनाव लड्न त सकेनौं तर आन्दोलनमा सँगसँगै थियौं । त्यतिवेला नै चुनावमा एकताबद्ध भएर जानुपथ्र्यो तर सकिएन ।

Wednesday, February 26, 2014

महाशिवरात्रीको बारेमा जानौ



शिवरात्रीमा धुनी बाल्दै साधुहरू

शिवरात्रीमा दर्शनार्थीहरूको घुइंचो
शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो महाशिवरात्री पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । व्रतोत्सवरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान् शिवको पि्रय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी " ऊँ नमः शिवाय" मंत्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ ।

Sunday, February 23, 2014

एकता त्यति सजिलो छैन ।

  • उपेन्द्र यादव

     फरक पृष्ठभूमि, फरक विचार, फरक झन्डा भएका छुट्टाछुट्टै दलको एकता सजिलो विषय होइन । प्रयास सुरु भएको छ र प्रारम्भिक कामहरू शुरु भएका छन् । मिडियामा आएजस्तो पार्टीको नाम, नेताहरूको कार्यविभाजन के हुने भन्ने विषयमा केही भएकै छैन ।  को अध्यक्ष हुने, को संसदीय दलको नेता हुने भन्ने कुरा त विषय प्रवेश नै भएको छैन । आशा गरौं ती कुराहरू पनि चाँडै छलफलमा आउन र सहमतिमा निर्धारण गर्न हामीले सकौं । यो पार्टी एकताको कुरा त्यति चर्चा भए जस्तो सजिलो विषय पनि हैन । पार्टी एकता गरिरहँदा अलग अलग स्वरूप पनि देखिनु भएन । नयाँ पार्टीले कुन सिद्धान्त बोक्ने, कुन अवधारणा हने, पार्टीको लक्ष्य के हुने भन्ने कुरा पनि निर्धारण हुनुप¥यो । यसले समान कुन राष्ट्रिय मुद्दा बोक्ने भन्ने कुरामा पनि एकमत हुनुप¥यो ।