Labels

Saturday, April 5, 2014

एकीकृत पार्टीको महाधिवेशन एकवर्षभित्र

काठमाडौ चैत २२ गते । मधेशवादी तीन दलबीच हुन लागेको एकीकृत पार्टीको महाधिवेशन एकवर्षभित्र गर्ने निर्णय गरेको छ । चैत २० गते बसेको कार्यदलको बैठकले पार्टी गठन गरेको एकवर्षभित्र पार्टीलाई वैधानिकता दिनका लागि पार्टीको माहाधिवेशन गर्ने निर्णय भएको बैठकमा सहभागि एक नेताले हाम्रो मधेशलाई बताएको छ ।

त्यस्तै झण्डाको पनि टुगों लागेको छ । मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रस्ताव गर्नुभएको चारकुने तिरङ्गाको बीचमा एउटा तारा रहनेछ । माथिको भाग रातो र बीचको सेतो र त्यसमा तारा । अन्त्यामा निलो रंग रहनेछ । पार्टीको साँगठनिक संरचनामा तीन भाग रहनेछ त्यसमा कार्यसम्पादन समिति ३१ सदस्यीय रहनेछ । अर्को राजनीतिक समिति (पोलिटब्यूरो) ६५ सदस्यीय रहने छ भने केन्द्रिय समिति ३०१ सदस्यीय रहने कार्यदलले निर्णय गरी म्यानूट समेत गरिसकेको छ । त्यस्तै पार्टीको मूल मस्यौदा पनि पारित भएको छ ।
बाँकी रह्यो पार्टीको नाम र पार्टीको नतृत्व । बैठकमा सहभागि कार्यदलका एक सदस्यले भने, लगभग पार्टीको नाममा पनि सहमति भइसकेको छ । फोरम नेपालले पार्टीको नाममा जसरी पनि समाजवादी राख्नुपर्ने भनेका छन् सद्भावना पार्टीले एकीकृत पार्टीको नाममा जसरी पनि सद्भावना शब्द जोडेकै हुनुपर्ने भनेका छन् । कार्यदलमा रहेका सद्भावन पार्टीका एक नेताले भने, बरु एकीकरण हामी छोड्छौ तर सद्भावना भन्ने शब्द कुनै पनि हालतमा छोड्दैनौ कुनै नकुनै पनि हालतमा राख्छौ नै । यस प्रकारको दुइटा नाम अध्यक्षहरु समक्ष प्रस्तुत हुनेछ र एउटा पास हुनेछ ।

त्यस्तै कार्यदलले अध्यक्ष प्रणालीको मोडेलमा संगठन नेतृत्वको मोडेल प्रस्तुत गर्नेछ जसमा एकजना अध्यक्ष र दुईजना कार्यकारी अध्यक्ष रहने प्रावधानसहितको प्रस्ताव गर्नेछ । यद्यपी यो नेतृत्वको विषयमा तीन अध्यक्षको बीचमा कुनै छलफल शुरु भएको छैन । उपेन्द्र यादवले पनि नेतृत्व कसले लिने बारेमा कुनै छलफल शुरु नभएको बताउँदै आएका छन् । कार्यदलको बैठक भोली (आइतवार) सद्भावना पार्टी कार्यालयमा विहान ११ बजेदेखि पुनः बस्नेछ र त्यो बैठक कार्यदलको अन्तिम बैठक हुने पनि जनाएको छ ।

No comments:

Post a Comment